• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिभावकले प्रेम विवाह अस्वीकार गर्दा…

  • वीरगंज संजाल
  • ११ माघ २०७९, बुधबार १३:४३
  • २४२५३

    वीरगंज । अभिभावकले प्रेम विवाहको प्रस्ताव अस्वीकार गर्दा झापा कचनकवल गाउँपालिका–४ स्थित पूर्वलोदाबारीकी १८ वर्षीया पवित्राकुमारी राजवंशी प्रेमी २५ वर्षीय राजेशकुमार गणेशसँगै यो संसार छाड्न विवश भइन्। सोही वडा खुट्टामुनिका राजेशसँगै हाँसीखुशी जीवन बिताउन उसैलाई आफ्नो तनमन दिइसकेकी पवित्राको अभिभावक बाधक बनेपछि अन्ततः दुबै जनालेसँगै आत्महत्याको बाटो रोजे। उनीहरू घर नजिकै रहेको एभरेस्ट टी गार्डेनभित्र एउटै सिरिसको रुखमा एउटै कपडाको पासो (झुन्डिएर) मङ्गलबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।घटनास्थलमा प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी पनि पुगेका थिए। घटनास्थलको मुचुल्का उठाएर कानुनी प्रक्रिया पूरा गरी दुबै शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाइसकेको डीएसपी पाठकले बताए। ‘घटनाको प्रकृति हेर्दा प्रेम असफल हुँदा दुबै जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘अन्य कुनै कारण देखिँदैन।’घटना विवरण अनुसार राजेश र पवित्रा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरे पनि सफल भएनन्। उनीहरूले २०७८ साउनमा भागेर विवाह गरेको राजेशका मामा रघुनन्दन गणेशले अन्नपूर्णलाई बताए।

    ‘भान्जाले विवाह गरेर बुहारी घर भित्राएका थिए, उनीहरूले गरेको विवाहबाट दिदी भिनाजु पनि खुसी नै थिए,’ मामा रघुनन्दनले भने, ‘दुई महिनासम्म सब ठिकठाक चलिरहेको थियो, असोजमा केटी पक्षले एक्कासी भान्जा राजेशको नाममा प्रहरीमा किटानी जाहेरी दियो।’उमेर नपुगेको १७ वर्षीया नाबालिक पवित्रालाई ललाइफकाइ गरी जबरजस्ती विवाह गरेको भन्दै केटीका बुबाले प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला लगियो। जिल्ला लगेपछि प्रहरीले पवित्रालाई अभिभावकको जिम्मा लगाइदियो। राजेशलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढायो। राजेश ३५ दिन प्रहरी हिरासतमा बसे। त्यसपछि झापा जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि उनलाई झापा कारागार चलान गरियो। पवित्रालाई अभिभावकले घरमै नजरबन्दमा राखे। राजेश कारागारमा पुगेपछि उनका परिवारजनले मुद्दा फिर्ता लिन केटी पक्षसँग हारगुहार गरे। केटी पक्षले मुद्दा फिर्ता लिन लेनदेनको सर्त अघि सारे। कांग्रेस नेता तथा प्रदेश सांसद भूमिप्रसाद राजवंशीले दुवै पक्षलाई राखेर छलफलका लागि वातावरण बनाइदिएका थिए। ‘छलफल पश्चात् भिनाजुले साढे ६ लाख रुपैयाँ केटीका बुबालाई दिनुपर्‍यो,’ राजेशका मामा रघुनन्दनले भने, ‘त्यसपछि मात्र केटी पक्षले अदालतमा बयान फेर्यो र भान्जा तीन महिनामै छुटेर घर आयो।’

    केटो जेलमा गएपछि आफ्नै पहलमा दुवै पक्षबीच सहजीकरण गरिदिएको बताउँदै प्रदेश सांसद राजवंशीले भने, ‘आर्थिक लेनदेनको बारेमा मलाई थाहा भएन, केटालाई छुटाउन कानुनी प्रक्रियाको बारेमा सहयोग दिएको थिएँ।’ ‘दुवै जनाको मन मिलेकोले विवाह गरिदिन केटीको बुबालाई आग्रह गर्दा पनि केटी पक्षले नमान्दा आज गाउँमा यस्तो दुःखद घटना घट्यो,’ उनले भने। यो घटना घटेको झन्डै एक वर्ष बितिसकेको र सो समयमा राजेश आफ्नै जीवनमा फर्किएर परिवारको सल्लाहअनुसार अघि बढिरहेका थिए। ५ महिनाअघि मात्र घरमै कुखुरा फारम पनि खोलेर नयाँ व्यवसाय थालेका थिए। भान्जाको विवाहको लागि केटी खोज्ने काम पनि घरपरिवारले गरिरहेको उनले बताए।‘परिवारकै इच्छा बमोजिम विवाह गर्ने भान्जाले आमाबुबालाई वचन पनि दिइसकेको थियो,’ रघुनन्दनले भने, ‘सोमबार राती एक्कासि के भयो भयो, बिहान घटना सुनेर हामी सबै चकित पर्यौं।’ कान्छो भान्जा दिनेश र राजेश एउटै कोठामा राती सुतेका थिए। बिहान ५ बजेतिर दिनेश बिउँझिँदा दाजु कोठामा नदेखेपछि खोजी गरे। ‘घर–आँगन र छरछिमेकमा राजेशलाई नदेखेपछि खोज्दै जाँदा चिया बगानमा दुबै जनाको शव झुन्डिएको अवस्थामा फेला पर्‍यो,’ उनले भने, ‘उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोज्न बाध्य भए। दुवै परिवारमा जातको विषयमा ठूलो समस्या थिएन। गणेश (गनगाई) र राजवंशीको धर्म, संस्कार, रहनसहन सबै मिल्छ। पहिला विवाहवारि चल्दैन थियो। पछिल्लो समयमा गणेश र राजवंशीबीच विवाहवारि भइरहेको छ। आज घटेको घटना जातीय राजनीतिकै कारण भएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑