• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा पूर्ण सुरक्षा अपनाउनुपर्छ’

  • वीरगंज संजाल
  • ११ माघ २०७९, बुधबार १२:०४
  • १२९७

    वीरगंज । वैदेशिक रोजगारीमा जाने पुरुष भन्दा महिलाहरू अझै सुरक्षित तरिकाले बढी सतर्क एवं सजग भएर जानुपर्नेमा जोड दिइएको छ । मंगलबार राष्ट्रिय महिला आयोगले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय सरोकारवालाहरूसँग सार्वजनिक सुनुवाई कार्यक्रममा वक्ताहरुले उक्त कुरामा जोड दिएका छन् । वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षा, मर्यादा र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत तहगत सरोकारवालाहरुसंगको उपस्थितिमा भएको सुनुवाई कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या नगण्य भएको, त्यसमा पनि ठगीमा पर्ने र विदेशमा गएर विभिन्न प्रकारको शोषणमा पर्ने गरेको चर्चा गरे ।

    कार्यक्रममा महिला आयोगका सदस्य जया घिमिरेले सकभर महिलाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आउन नदिने अवस्थाको निर्माण गर्न आवश्यक भएको बताउँदै जानै परेको खण्डमा सुरक्षित तथा मर्यादित बनाउन आवश्यक भएको बताए । उनले महिलामाथि हुने हरेक प्रकारको हिंसा तथा विभेदका सवालमा आयोग गम्भीर रहेको बताउँदै आयोगले नेपाल सरकार समक्ष १०६ वटा नीतिगत सिफारिस गरेको जनाए । जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख सङ्गीता ठाकुरले महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउनुको साटो स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मधेशका महिलाहरूमा शिक्षा, ज्ञान तथा सीपको अभाव भएको बताउँदै यसमा सुधार गर्नका लागि सबै पक्षबाट कामकाज हुन आवश्यक भएको बताउँदै उपमहानगरपालिकाले महिलाको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सबै प्रकारको सहयोग गर्न तयार भएको बताए ।

    धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयको हातामा रहेको आप्रवासी श्रोत केन्द्रबाट ३ हजार १ सय ५४ जनाले वैदेशिक रोजगारीको विषयमा परामर्श लिएको र जसमध्ये १ सय १७ महिलाहरू रहेको बताउँदै गाउँ गाउँको सूचना केन्द्र मार्फत् थप ४ हजार ४ सय ४१ जनाले जानकारी लिएको बताए । कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् का, राष्ट्रिय मानव अधिकार आयोगका प्रादेशिक कार्यालयका निमित्त कार्यालय प्रमुख रेखा दत्त, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत सहितका सहभागीहरूले विभिन्न प्रकारको राय सुझावहरू दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑