वीरगंज । बिहीबार परेको सरस्वती पूजाको पूर्वसन्ध्यामा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विधार्थी संगठनहरुले सरसफाई कार्यलाई तिब्रता दिएका छन् ।
यसैक्रममा मंगलबार पनि नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघले पनि क्याम्पस परिसरमा सरसफाइ गरेको छ । नेविसंघको क्याम्पस इकाई समितिको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ताहरुले क्याम्पस परिसरमा मंगलबार सरसफाइ गरेका हुन् ।
सरसफाई कार्यक्रममा नेविसंघका नेताहरु युुसफ अहमद, दिपक कुमार पटेल , रत्नेश मिश्रा , आदित्य कुमार साह , दिनानाथ साह , गुड्डु यादव , राहुल कुर्मी , दिलिप महत्तो , सुलभ पटेल लगायतको सहभागीता थियो ।