• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    छानबीन नभएसम्म नियुक्ति प्रक्रिया स्थगन

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०६:३४
  • ४८९५

     परवानीपुर | वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा हालै भएको सातजना आंशिक उपप्राध्यापकको नियुक्ति प्रक्रिया स्थगन भएको छ । नियुक्ति प्रक्रिया पारदर्शी नभएको र अनियमितता भएको भन्दै विद्यार्थी युनियनले विरोध तथा हडताल शुरू गरेपछि स्थानीय प्रशासनले नियुक्ति प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीवार साँझ भएको विवाद समाधान गर्न पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकमा विद्यार्थी युनियन र क्याम्पस प्रशासनबीच तीन बुँदे सहमति भएपछि हालै गरिएको आंशिक पप्राध्यापकको नियुक्ति प्रक्रिया स्थगन गर्ने, नियुक्ति प्रक्रिया छानबीनका लागि त्रिभुवन विश्वविद्यालयको विज्ञ टोली बोलाउने, लेखा शाखामा काम गर्ने कर्मचारीले तीनतिरबाट तलबभत्ता खाने विषयमा छानबीन अघि बढाउने तथा क्याम्पसका विभिन्न शाखामा विद्यार्थी युनियनबाट गरिएको तालाबन्दी खुलाइ पठनपाठनको वातावरण बनाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    ठाराब क्याम्पसले मङ्सिर १० गते टाँस गरेको सूचनाको आधारमा राजनीतिकशास्त्रमा रीतिका जैसवाल, बद्रीनारायण तिवारी, समाजशास्त्रतर्प दीप्ति कटुवाल, नीलमकुमारी साह, बिबिएको मैनेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) विषयतर्पm विजय कुशवाहा, वीरेन्द्रप्रसाद यादव, सञ्जय सक्सेनालाई नियुक्ति दिएको जनाएको थियो । सोही सूचना आएपछि विभिन्न राजनीतिक दलका विद्यार्थी युनियनहरूले विरोध प्रदर्शन शुरू गरेका थिए ।

     ठाराब क्याम्पसले सूचना जारी गरेसँगै विभिन्न राजनीतिक दलनिकट विद्यार्थी युनियनले विरोध जनाउनुका साथै प्रदर्शनमा उत्रिएका थिए । विरोध जनाउनेमा नेकानिकट नेपाल विद्यार्थी सङ्घ, राजपानिकट राष्ट्रिय विद्यार्थी सङ्घ, नेकपाको अनेरास्ववियु, समाजवादीको समाजवादी विद्यार्थी युनियनलगायत विरोध प्रदर्शनमा उत्रेका थिए ।

    नियुक्ति प्रक्रिया सही छ –क्याम्पस प्रमुख
    क्याम्पस प्रमुख डा प्रमोद कुशवाहाले तीनवटै विषयमा सातजनालाई प्रक्रिया पूरा गरी नियुक्ति गरिएको प्रतिक्रिया दिए । उनले कात्तिक २९ गते स्थानीय पत्रिकामा सूचना जारी गर्दै आवेदन माग भएको र ६ गतेको अन्तर्वार्तापछि नियुक्ति भएको बताए । राजनीतिकशास्त्रतर्पm ३ जना, समाजशास्त्रतर्पm ३ जना र  एमआइएसतर्पm तीनजनाको आवेदन परेकोमा राजनीतिकशास्त्र र समाजशास्त्रतर्पm १/१ जना वैकल्पिकमा रहेको बताए । अन्तर्वार्ताको लागि प्राध्यापक छनोट समितिमा एमआइएस विषयमा क्याम्पस प्रमुखको संयोजकत्वमा प्रमोद गुप्ता, सञ्जय श्रेष्ठ र केदार साह रहेका थिए भने राजनीतिक र समाजशास्त्रतर्पmको अन्तर्वार्तामा क्याम्पस प्रमुखको संयोजकत्वमा प्रमोद गुप्ता, नृसिंह महतो र डा विश्वम्भर शर्मा सदस्य रहेका थिए ।
    चिट चोर्ने अड्डा बन्यो क्याम्पस
    मोफसलको सबैभन्दा पुरानो क्याम्पसको रूपमा चिनिएको वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पस केही वर्षदेखि थलिएको अवस्थामा पुगेको छ । क्याम्पसमालाई पढाइको केन्द्रभन्दा राजनीतिको अड्डा तथा चिट चोर्ने थलोको रूपमा परिणत भएको जानकारहरूको भनाइ छ । त्यस कारण यस क्याम्पसमा सधैं विवाद, तोडफोड, छुरा प्रहार, अनियमित नियुक्ति हुन थालेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑