• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको विद्यालयहरुमा सरस्वती पूजाको नाममा अभिभावकसँग चन्दा असुली

  • वीरगंज संजाल
  • १० माघ २०७९, मंगलवार १३:४९
  • २६६१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्र संचालनमा रहेका निजी विद्यालयले सरस्वती पूजाको नाममा अभिभावकसँग चन्दा असुली गरेको रहस्य खुलेको छ । महानगरमा पर्ने १० भन्दा बढि विद्यालयले विद्यार्थीको विलमा सरस्वती पूजा खर्च भन्दै रकम माग गरेको अभिभवकहरुले बताएका छन । विद्यालयले प्रति विद्यार्थी १ सय देखि ४ सय रुपैयाँसम्म असुल गरेको पाईएको छ । वीरगञ्जको जीएचपी स्कुलले प्रति विद्यार्थी १ सय २० रुपियाँ, ज्ञानज्योती माविले २ सय, गोल्डेन फ्युचर माविले ४ सय, ओम नेशनल एकाडेमी एकसय, जीवनज्योती स्कुलले २ सय, घडिअर्वास्थित सिटी स्कुल अफ वीरगञ्ज २५० रुपियाँ पूजा खर्च भनेर विद्यार्थीसँग लिएको हो ।

    त्यसैगरी वीरगञ्जमा रहेको एन्जल एकाडेमी २ सय, जेम्स स्कुल अफ डकैला बहुअरी २ सय, मेरिगोल्ड स्कुल एक सय ५० रुपियाँ, ममता बोर्डिङ र मनकामना स्कुलले एक सय रुपैयाँ विद्यार्थीसँग असुल गरेका छन् । यसरी ५ देखि १० रुपैयाँको प्रसाद दिएर १ सय भन्दा बढि चन्दा असुल गर्न निजी विद्यालय सक्रिय भएको अभिभावक सघं पर्साका अध्यक्ष सन्दिप साहको आरोप छ । सरस्वती पुजाको नाममा अहिले विद्यालयले व्यापार गरेको अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालयको यस्तो गतिविधि विरुद्ध साउथजोन, मनकामना र ममता बोडिङका अभिभावकले आफूहरुलाई अनावश्यक आर्थिक भार बढेको भन्दै निवेदन लेखेको र उक्त निवेदन आफुले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई बुझाएको साहले बताए । यसरी विद्यालयको यस्तो व्यापारीक गतिविधि रोक्न अभिभावक संघका अध्यक्ष साहले माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने शैक्षिक प्रशान महाशाखलाई प्रचलित कानुन बमोजिम गर्न गराउन निर्देशन दिएको बताए ।

    निजी विद्यालयका संचालकहरुले भने सरस्वती पूजाको लागि विद्यालयमा छुट्टै कोष नभएकोले अभिभावकको सहयोगमा यस्ता कार्यक्रम संचालन हुने गरेको बताएका छन् । उनीहरुले विगत बर्षहरुमा समेत अभिभावकले सरस्वती पूजाको लागि खर्च दिने गरेको भनाई छ । यसैबिच सरस्वती पूजा नजिकिएसँगै मुख्य सडक देखि भित्री सडकमा चन्दा माग्ने क्रम बढेको छ । बाटोमा बालबालिकाले बाटो छेकेर चिट काट्ने गरेको अहिले धेरै ठाउँमा देखिएको छ । पूजाकै लागि भनेर जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पत्र काटेर मात्र चन्दा लिन सक्ने पर्साका प्रहरी उपरिक्षक कोमल शाहको भनाई छ । स–साना बालबालिकाले यसरी चन्दा माग्दा उनीहरुको बानी बिग्रने हुनाले यस्ता कार्यलाई निरुत्साहित गर्न अभिभावकहरुले आफ्ना बच्चाहरुलाई सचेत गर्नु पर्ने एसपी शाहको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑