• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको पुरानो बसपार्कमा टाइल मार्वलको व्यापार, महानगरको सम्पत्तिमा ठेकदारको रजाइँ

  • वीरगंज संजाल
  • ४ माघ २०७९, बुधबार २२:३२
  • ३२०९

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचित भएपछि पुरानो बसपार्कमा लगाएको ठेक्का खारेज गर्ने उद्घोष गरे थिए । तर मेयर सिंहले उद्घोष गरेको बाचा विपरित ठेकदारले टाईल, मार्वल, गिटी र बालुवाको व्यापार गर्ने अखडा बनाएपछि सामाजिक सञ्जालमा यसको विरोध भएको छ । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको गणपति निर्माण सेवासँग पुरानो बसपार्कमा सवारी पार्किङ र फास्टफुडका पसल राख्ने शर्तमा पाँच बर्षको ठेक्का सम्झौता गरेको थियो । २०७८ साउन १ गते देखि लागु हुने गरि गरिएको ठेक्का सम्झौता विपरित ठेकदारले गिटी, बालुवा, टाइल मार्वलको लागि भाडामा दिएको छ । पुरानो बसपार्कको पश्चिम दक्षिणतर्फको क्षेत्रमा स्टार सेरामिकको बोर्ड लगाएर मार्वल, टाईल, गिटी र बालुवाको व्यापार गर्ने अखडा बनाइएको छ । महानगरपालिकाको सार्वजनिक सम्पतिमा भइरहेको दोहोन रोक्ने र तत्कालिन मेयर विजय कुमार सरावगीको समयमा लगाइएको ठेक्का खारेज गर्ने उद्घोष गरेका मेयर राजेशमान सिंह सम्झौता विपरित काम भएको ठाउँमा समेत मौन बसेका छन् । उनको मौनता रहस्यमय देखिन्छ । गणपति निर्माण सेवा कम्पनीका संचालक लखन गुप्ताले पाँच बर्षको लागि महानगरपालिकासँग ठेक्कामा लिइएकोले अस्थायी टहरा बनाएर भाडामा दिने उदेश्यले टाईल मार्वल, गिटी बालुवा राख्नको लागि जमिन भाडामा दिइएको बताए । उनले अहिले खुल्ला ठाउँ दिइएको र पछि टहरो बनाएर दिने बताए ।उनले ठेक्का सम्झौता विपरित टाइल, मार्वल र गिटी बालुवा राख्न पाइन्छ र ? भन्ने रेसखबरको जिज्ञासामा पाँच बर्षको लागि आफूले लिएको ठेक्का भएकोले यसमा के राख्ने वा नराख्ने भन्ने निर्णय ठेक्का लिएको कम्पनीको हुने बताए ।

    ठेक्का लिएर पनि एक बर्ष देखि प्रयोगमा ल्याउन नसकेको उनको भनाई थियो । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ठेक्का रद्द गर्ने अडान लिएपछि उनी निर्वाचित भएको महानगरपालिकाको पहिलो बोर्ड बैठकले पुरानो बसपार्क लगायत अन्य ठेक्का खारेज गर्ने सम्वन्धमा विज्ञसँग राय लिएर नगरसभामा पेश गर्न मेयर राजेशमान सिंहलाई एकल जिम्मा दिएको थियो । तर तत्कालिन प्रमुख प्रशासकिय अधिकृतले महानगरपालिकाले एउटा प्रकृया पु¥याएर लगाएको ठेक्का खारेज गर्न कानुनी रुपमा नमिल्ने बताएपछि उनले आफू निकटका कानुन व्यवसायीसँग परामर्श गरेका थिए । कानुन व्यवसायीले समेत ठेक्का खारेज गरेपछि त्यसको क्षतिपूर्ती महानगरपालिकाले सम्वन्धित ठेकदारलाई दिनु पर्ने राय दिएपछि अघिल्लो मेयरको पालामा भएको ठेक्का खारेज गर्न नसकेका हुन । मेयर सिंहले पुरानो बसपार्कको ठेक्का खारेज गर्ने भने पछि विगत ६ महिना देखि कुनै निर्माणका काम समेत भएको थिएन । १५÷२० दिन देखि स्टार सेरामिकको बोर्ड लगाएर टाइल, मार्वल, गिटी र बालुवा राख्न थालेपछि वीरगञ्जका सामाजिक अगुवाहरुले यसमा चासो देखाएका छन । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले पार्किङ र फास्टफुड राख्ने पसलको लागि तोकिएको डिजाई भित्र काम गर्नेगरी ठेक्का सम्झौता भएकोले सम्झौता विपरित काम गरेका भए कानुनी कार्वाही हुने बताए । उनले गणपति निर्माण सेवाले महानगरपालिकालाई बुझाउनु पर्ने बैंक ग्यारेन्टि र किस्ता रकम समेत समयमा नदिएकोले अघिल्लो बर्षको लागि राखिएको बैंक ग्यारेन्टीबाट राजश्व असुलका लागि बैंकलाई पत्र पठाइएका बताए । वीरगञ्ज महानगरपालिकालाई पाँच बर्षमा ६२ लाख ३२ हजार ६ सय तिर्ने गरी ठेक्का लगाइएको भएपनि हरेक बर्ष तोकिएको रकम महानगरपालिकालाई बुझाउनु पर्ने पौडेलले बताए । उनले ठेक्का सम्झौता भएको समयमा २०७८ साउनमा १० लाख २५ हजार ५ सय किस्ता तोकिएकोमा डेढ बर्षको किस्ता बुझाएको र अहिले किस्ता बापत महानगरपालिकाले लिनु पर्ने ५ लाख ६२ हजार ७५० रुपियाँ ठेकदारले भूक्तानी नगरेको बताए ।

    ठेकदारले कानुनी रुपमा महानगरपालिकालाई बुझाउनु पर्ने बैंक ग्यारेन्टी समेत नदिएकोले अघिल्लो बैंक ग्यारेन्टीबाट महानगरपालिकालाई भुक्तानी गर्न बैकलाई पत्राचार गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाई थियो । पुरानो बसपार्कको ठेक्का लिएको गणपति निर्माण सेवाले २०७९ मा ११ लाख २५ हजार ५ सयको आधा रकम मात्र भुक्तानी गरेका राजश्व महाशाखाका प्रमुख मनोज कुमार कर्णले बताए । २०८० सालमा १२ लाख ३५ हजार ५ सय, २०८१ सालमा १३ लाख ५६ हजार ५ सय र २०८२ सालमा १४ लाख ८९ हजार ६ सयका दरले प्रत्येक बर्ष महानगरपालिकालाई रकम तिर्ने सर्तमा ठेक्का सम्झौता भएको कर्णले बताए । तोकिएको समय भित्र सम्झौता बमोजिमको रकम र हरेक बर्ष धरौटी बापतको रकम ठेकदार कम्पनीले भुक्तानी गर्नु पर्ने राजश्व महाशााखा प्रमुख कर्णको भनाई छ । यदी तोकिएको समयमा भूक्तानी नगरेमा त्यसमा लाग्ने व्याज समेत असूल गर्नुपर्ने कानुनी प्रावधान भएकोले विलम्व भएको अवधिको व्याज समेत लिन उनले बताए । पुरानो बसपार्कमा एक साइडमा पार्किङ र एक साइडको वाहिरी भागमा ८० वटा अस्थायी पसल निर्माण गर्न पाउने गरी ठेक्का भएको छ । वीरगञ्ज बजारमा सडक पेटीमा ठेला लगाएर फास्टफुड विक्री गर्नेहरुलाई त्यस ठाउँमा राख्ने उदेश्यले पुरानो बसपार्कको जमिनलाई ठेक्कामा दिइएको वीरगञ्ज महानगरपालिकाको भनाई छ । त्यसमा शौचालय, वगैचा र खानेपानीको व्यवस्था समेत मिलाउने गरी डिजाइन गरेको नक्सा अनुसारकाम गर्ने शर्तमा गणपति निर्माण सेवाले ठेक्का सकार गरेको कर्णले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट
  • दश लाख रुपियाँ सहित एक जना पक्राउ
  • युवकको हत्या
  • गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच भिडन्त, दुई जनाको मृत्यु

    बिमा रकमबाट जीवन सहज

    स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    असुरक्षित बन्दै सप्तरी, रोकिएन शृङ्खलाबद्ध हत्या

    बालिकामाथि यौनहिंसा वृद्धि

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    बिमा रकमबाट जीवन सहज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    News

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    News

    युवकको हत्या

    News

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    News

    भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच भिडन्त, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑