वीरगंज । लायन्स क्लब अफ सेन्ट्रल सिटीले विपन्नहरूलाई बाड्न वीरगन्ज स्थित कपडा बैंकलाई कपडा हस्तान्तरण गरेकाे छ। क्लबले परिवर्तन नेपाल फाउन्डेशनद्वारा स्थापित कपडा बैंकमा जाडाे तथा गर्मीयाममा लगाउने कपडा हस्तान्तरण गरेकाे क्लबकी अध्यक्ष सल्मा खातुनले जानकारी दिइन्।
विभिन्न दाताहरुबाट संकलन गरिएका कपडा आवश्यता अनुसार अति विपन्न वर्गलाई बाँडिने फाउन्डेशनका अध्यक्ष रणधीर वर्णवालले बताए। क्लबकी अध्यक्ष सल्मा खातुनकाे अध्यक्षता तथा डिस्ट्रक्ट डेपुटी क्याबिनेट सेक्रेटरी उमेश शर्माकाे प्रमुख आतिथ्यतामा छपकैंयास्थित लायन्स सर्भिस सेन्टरमा आयाेजित कार्यक्रममा लायन्स रिजन चेयरपर्सन आश्मा सिंह यादव,
लायन गुड्डी जाेशी, डा. लक्ष्मी थापा, सुशिला साह, देवन्ती साह, फाउन्डेशनका नेहा साह, सुशील पटेल, बालेश्वर जैश्वाल लगायतकाे उपस्थिति रहेकाे थियाे।