• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा रोकिएन हुन्डी कारोबार

  • वीरगंज संजाल
  • ४ माघ २०७९, बुधबार १२:५९
  • ५९५४१

    वीरगंज । एक साताअघि स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई वीरगन्जबाट पक्राउ ग¥यो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ का १९ वर्षीय राजन साह छन् । साहले लगाएको हेलमेट र ज्याकेटभित्र १२ लाख २० हजार रुपैयाँ बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक गिरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म प्रहरीले ५ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ, जसमध्ये एक भारतीय नागरिक छन्  । पक्राउ परेकाबाट ७३ लाख ४८ हजार रुपैयाँ बरामद भएको छ । यस्तो रकम हुन्डीको भएको प्रहरीको दाबी छ । गत आर्थिक वर्षमा प्रहरीले २२ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । तीमध्ये १० नेपाली र १२ भारतीय नागरिक थिए । उनीहरूको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद भएको थियो । नियमितजस्तो कारोबारी पक्राउ पर्दा पनि हुन्डी कारोबार भने घटेको छैन ।
    यसरी पक्राउ पर्ने अधिकांश भरिया हुने गरेका छन् । कारोबारीहरूले भारत पुगेको नेपाली रुपैयाँलाई विभिन्न माध्यमबाट नेपाल ल्याउने गरेका छन् । खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति रहुन्जेल हुन्डी कारोबार नघट्ने डीएसपी गिरी बताउँछन् । नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको छ । यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम पुनः नेपाललै फर्काउने गरेको उनले बताए । एक लाख रुपैयाभन्दा बढी नगदको बैंकिङ कारोबार गर्दासमेत बैंक तथा वित्तीय संस्थाले कडाइ गर्दा स्रोत नखुलेको ठूलो रकम बोकेर हिँड्दा बरामद हुने गरेको छ । नेपाली मुद्राको मनपरी विनिमय हुँदा वीरगन्जको सीमावर्ती बजार रक्सौलमा भारतीयभन्दा नेपाली मुद्रा बलियो छ । पुसमा रक्सौलमा व्यापारीले नेपाली मुद्रामा लगाउने गरेको ‘बट्टा’ पनि शून्यमा झारेका थिए । यसअघि उनीहरूले नेपाली रुपैयाँको सयकडा ५÷६ रुपैयाँसम्म पनि अवमूल्यन गर्ने गरेकोमा हाल भने नेपाल र भारत सरकारले तोकेको विनिमय दरभन्दा बढी मूल्य नेपाली रुपैयाँ पाएका छन् ।
    भारतीयले हाल नेपाली ५८ रुपैयाँलाई ६० रुपैयाँ कायम गरेका छन् । पुसमा बिहेबारी नहुने र अन्य महिनाको तुलनामा नेपाली उपभोक्ता भारतीय बजारमा कम जाने भएकाले पनि रक्सौलका व्यापारीले नेपाली मुद्रामा लिँदै आएको ‘बट्टा’ शून्यमा झारिएको र माघ लागेपछि फेरि नेपाली मुद्राको अवमूल्यन हुने अनुमान गरिएको थियो । हुन्डी कारोबारले नै दुई सातायता वीरगन्जमा भारतीय रुपैयाँको माग पनि घटेको छ । वीरगन्जस्थित नेपाल राष्ट्र बैंक शाखामा दुई सातायता दैनिक करिब १ लाख रुपैयाँ भारु मात्र सटही भइरहेको छ । त्यसअघि दैनिक ४ देखि ५ लाख रुपैयाँसम्म भारु सटही हुने गरेको शाखाका व्यवस्थापक राजनदेव भट्टराई बताउँछन् । ‘अचानक कसरी भारुको माग घट्यो भनी हामी पनि आश्चर्यमा छौं,’ उनले भने, ‘यसअघि दैनिक ४ देखि ५ लाख भारु सटही हुने गरेकोमा हालका दिनमा दैनिक करिब १ लाख रुपैयाँ भारु मात्र सटही भइरहेको छ ।’जुनसुकै माध्यमबाट भारत पुग्ने नेपाली मुद्रा बैंकिङ च्यानलबाट नेपाल पठाउने कुनै पनि सुविधा नरहेको पनि उनले बताए । ‘नेपालमा राष्ट्र बैंकले नै भारु सटही वा विनिमय गरिदिन्छ,’ उनले भने, ‘तर भारतमा नेपाली मुद्रालाई यसरी बैंक तथा वित्तीय संस्थाले सटही गर्दैन, त्यसकारण पनि भारत पुगेको नेपाली रुपैयाँ हुन्डी माध्यमबाट भित्रिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने
  • ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…
  • चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
  • एसइईको नतिजा प्रकाशन गर्ने तयारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    News

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    News

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    News

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    News

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑