• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘प्रकाश’का नाममा विदेशी बैङ्कमा रकम भएको प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती

  • वीरगंज संजाल
  • Aug 13, 2019, 7:37 am
  • १४२२१

    काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ ।

    प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो ।

    यस पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ ।

    यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ ।

    धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

    साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार (श्रावण २७) एक कार्यक्रम माझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    यस सहकार्यबाट उत्साहित धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भने, “हाम्रो भिजन भनेको नेपालमा नै यस्तो प्रकारको पहिलो हेल्थ इन्फर्मेटिक्स् सेन्टरको विकास गर्नु हो जहाँ सिक्दै, नवीन खोज गर्दै तथ्याङ्कमा आधारित विधि अपनाई बहु आयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सकियोस् । नेपालको स्वास्थ्य क्षेत्रका बारेमा एनसेलको दूरदर्शी दृष्टिकोण प्रति म कृतज्ञ छु ।”

    यस सहकार्य अन्तर्गत संचालन हुने कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “यो कार्यक्रम एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरु मध्येको एक भित्र पर्दछ ।
    धुलिखेल हस्पिटलले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रहरुको क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिको प्रयोग मार्फत विषेशतः ग्रामिण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जन समुदायहरुलाई यस सहकार्यले ठूलो योगदान गर्ने हामीले आशा लिएका छौं ।”

    धुलिखेल हस्पिटलका संस्थापक तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले यस सहकार्यका बारेमा आफ्नो विचार राख्दै भने, “आउँदा दिनहरुमा देशमा नै हेल्थ इन्फर्मेटिक्स् क्षेत्रमा अनुसन्धान र तालिमहरु प्रदान गर्न यो एक प्लेटफर्म पनि हुनेछ ।” उनले विकासका लागि अध्ययन संस्था र एनसेल जस्ता नीजि क्षेत्रका बीचमा सहकार्य अति जरुरी रहेका बताए ।

    यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल हस्पिटलद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा हस्पिटलका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जन समुदायलाई दुई वर्षका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

    कार्यक्रम संचालनका लागि हाल सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु छानिएका छन् । यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढि घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम संचालनमा आएपछि स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् ।

    (पिएचपी) अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।

    पिएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरु भन्दा बाहिर समेत लाने उदेश्यका साथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।

    यस सहकार्यलाई पाँच वर्षको लागि निरन्तरता दिने योजना एनसेल र धुलिखेल हस्पिटल–काठमाडौ युनिभर्सिटी हस्पिटलको रहेको छ । यसका लागि दुई वर्ष पछि कार्यक्रमको मुल्याङ्कन पश्चात यो सम्झौतामा नविकरण हुनेछ । पाँच वर्ष पछि पनि दीर्घकालीन रुपमा संचालनमा रहने गरी यसको विकास गर्नु यस सहकार्यको उदेश्य रहेको छ ।

    एक जिम्मेवार व्यवसायिक नागरिकको रुपमा एनसेलले देशको सामाजिक तथा आर्थिक विकासका लागि उल्लेखनिय योगदान पुर्याएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २०११—२०१८ सम्ममा शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवा प्रतिभा प्रर्वद्घन जस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा ६७ करोड भन्दा बढी योगदान पुर्याइसकेको छ ।

    सबैभन्दा ठूलो करदाताको रुपमा एनसेलले नेपालको विकासमा योगदान पुर्याएका उदाहरणहरु छन् र आगामी दिनहरुमा पनि देशको हितका लागि एनसेलको दीगो व्यवसाय निर्माण जारी राख्नेछ । स्थापना देखि गत आर्थिक वर्ष २०७५÷७६ सम्म २ खर्ब १० अर्ब भन्दा बढि विभिन्न राजस्व शीर्षक अन्तर्गत योगदान गरिसकेको छ ।

    यसका साथै एनसेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको छ । एनसेलले प्रत्यक्ष तथा अप्रत्क्ष गरि ९३,८०० भन्दा बढिलाई रोजगारीको अवसर प्रदान गरेको छ र १ करोड ६५ लाख भन्दा बढि ग्राहकहरुलाई दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ । एनसेल डिजिटल कनेक्टिभिटी अझै बढाउन र सबै नेपालीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि योगदान गर्न सदैव प्रतिबद्घ रहेको एनसेलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
  • उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑