वीरगंज । नेपाल विद्यार्थी संघ पोखरिया नगरपालिकाको नयाँ कार्य समिति गठन गरिएको छ ।शनिबार पोखरिया नगरपालिका वडा नम्बर ५ स्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा एक कार्यक्रमका बिच जय प्रकाश ठाकुरको अधयक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।
ठाकुरको अध्यक्षतामा गठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिकास यादव, उपाध्यक्ष रुपेस चौहान, वरिष्ठ सचिव मनोहर साह, सचिव दिलिप रौनियार, सह–सचिव दिनेस मण्डल, राकेस मिश्रा,मजबुल्लाह मिया तेलि र कोषाध्यक्ष रिना दास चयन भएका छन् । नेविसंघ पोखरिया नगर समितिको सदस्यमा पानालाल महतो, दिनेस पासवान, प्रवेज आलम र सुरज पटेल लगायत रहेका छन् ।
पोखरिया नगरपालिकाका पुर्व मेयर दिप नारायण प्रसाद रौनियार, पुर्व जिल्ला समन्वय समितिका सदस्य रिजवान अन्सारी, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव सुरेन्द्र सिंह, नेबि संघ पर्साका पुर्व उप–सभापति साबिर हुसैन, महानगर अध्यक्ष धिरज साह, ने वि संघ पर्साका सचिव फिरोज अन्सारी लगायतको उपस्थितीमा नयाँ कार्य समिति चयन गरिएको हो । ने वि संघ पर्साका अध्यक्ष रमेश कुमार यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।