• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बोरामा बसेर पढाइ

  • वीरगंज संजाल
  • १ माघ २०७९, आईतवार ०९:१८
  • १६५७

    रौतहट । एउटा हातमा बोरा, अर्कोमा किताब । रौतहटको फतुवाविजयपुर नगरपालिका–१ स्थित श्रीदलित प्राविमा पढ्ने विद्यार्थी हरेक दिन विद्यालय जाँदा देखिने दृश्य हो यो । विद्यालयको नाममा सानो फुसको झुपडी छ । विद्यार्थी बाहिरै खुला आकाशमुनि बोरा ओछ्याएर पढ्छन् । झन्डै २ सयको हाराहारीमा विद्यार्थी रहेको यो विद्यालय २०६४ सालमा स्थापना भएको हो । बाल विकासका दुई शिक्षिकासहित ४ शिक्षक रहेको विद्यालयमा शिशुदेखि ५ कक्षासम्म पढाइन्छ । यति धेरै विद्यार्थी भए पनि विद्यालयको आफ्नै भवन, कक्षाकोठा र डेक्सबेन्च छैन । फुसले छाएको चारैतिरबाट खुला एउटा झुपडी छ । अगाडि सानो चौर । विद्यालयमा विशेषगरी विपन्न र दलित समुदायका बालबालिका पढ्छन् । संरचना अभावमा उनीहरू बोरा ओछ्याएर पढ्न बाध्य छन् । कक्षा ४ मा पढ्ने इन्द्रकुमारी पासवानले खुला चौरमा बोरा बिछ्याएर पढ्नुपर्दा अप्ठ्यारो हुने गरेको बताइन् । उनले शिक्षकले पढाएको बुझ्न पनि समस्या हुने गरेको सुनाइन् । ‘एक कक्षादेखि नै बोरा बोक्न थालेको हुँ, अहिले चारमा पुगिसकें । कहिलेसम्म बोरा बोक्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् । विद्यालयमा फर्निचर मात्र होइन, खानेपानी र शौचालय पनि छैनन् । कक्षाअनुसार छुट्टाछुट्टै समूह बनाएर चौरमा पढाउने गरिएको छ ।

    कालोपाटी नहुँदा मौखिक रूपमा पढाउँदै आएको शिक्षक हीरालाल यादवले सुनाए । विद्यालयको दयनीय अवस्थाकै कारण शिक्षण सिकाइ पनि प्रभावकारी नभएको उनले बताए । उनका अनुसार साना उमेरका बालबालिका बोरा ओछ्याएर चिसो चौरमा दिनभर बस्दा बिरामी पर्ने गरेका छन् । ‘विद्यार्थीलाई कहिले चर्को घाम त कहिले चिसोले सताउँछ । बर्खामा भिज्नुपर्ने बाध्यता छ,’ उनले भने । भवनलगायत संरचनाका लागि पटकपटक नगरपालिकासित माग गर्दा पनि सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजाराले बताए । ‘बर्खा र हिउँदमा बालबालिकाको अवस्था बिजोग हुन्छ,’ उनले भने, ‘चिसो भुइँमा पढ्नुपर्दा विद्यार्थी आउन छाडेका छन् । विद्यालय राम्रो बनाउन सबैले चासो दिनुपर्नेमा वास्ता गरेकै छैनन् ।’ पालिकाले दिवा खाजाको रकम पठाए पनि सामान राख्ने र पकाउने ठाउँको अभावले खुवाउन नसकिएको उनले बताए । ‘बाध्य भएर विद्यार्थीलाई चाउचाउ र बिस्कुट दिने गरेका छौं,’ हजाराले भने । अभिभावक सुरेन्द्र पासवानले शिक्षा क्षेत्र पालिकाको मातहतमा आए पनि विद्यालय सुधारका लागि कुनै काम हुन नसकेको गुनासो गरे । ‘बालबालिकालाई बोरा बोकाएर पठाउनुपर्छ । यो कति लाजमर्दो कुरा हो,’ उनले भने, ‘विद्यालय र बालबालिकाको अवस्था नाजुक छ । पालिकाले कहिले ध्यान दिने होला ? नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादवले तत्काल भवन नबनुन्जेल घर भाडामा लिएर भए पनि उक्त विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

    ‘नगरसभाबाट भवन बनाउन केही बजेटसमेत छुट्याएको सुनेको छु । तर किन निर्माण अघि बढेन भन्ने बुझ्छु,’ उनले भने । हाल मधेसमा शीतलहर सुरु भएकाले उक्त विद्यालय बन्द छ । भाडाको घर लिएर विद्यालय खुलाउने तयारी भइरहेको संयोजक यादवले बताए । पालिकाकी उपप्रमुख अमवेय खातुनले उक्त विद्यालयका लागि के गर्न सकिन्छ भने छलफल भइरहेको बताइन् । जिल्लाका १८ वटा पालिकामा झन्डै ४ सय हाराहारीमा आधारभूत विद्यालय छन् । ती सबैमा भवन र अन्य भौतिक संरचना पर्याप्त छैनन् । पालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्नेमा अधिकांशको अवस्था सुध्रन नसकेको जिल्ला शिक्षा इकाइ प्रमुख रामविनय सिंहले बताए । ‘फतुवा विजयपुरको जस्तो अवस्था अरू ठाउँमा पनि छ,,’ उनले भने, ‘हामीले पनि खोजी गरिरहेका छौं । स्थानीय तहले विद्यालयको अवस्था हेरेर राम्रो बनाउन सक्नुपर्छ ।’ रौतहटको फतुवाविजयपुर–१ स्थित श्रीदलित प्राविका विद्यार्थी भुइँमा बसेर पढ्दै ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑