वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको आयोजनामा नाक, कान, घाँटी र दाँत परीक्षण शिविर सम्पन्न भएको छ । रेशमकोठी उपशाखाले २८ औँ साधारण सभाको अवसरमा आयोजना गरेको शिविर भब्य रुपमा सम्पन्न भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित नेपाल रेडक्रस सोसाइटी रेशमकोठी कार्यालय परिसरमा सम्पन्न शिविरबाट १ सय ६० जना लाभान्वित भएका छन् ।
रेशमकोठी उपशाखाका सभापति नारायण यादवको सभापतित्वमा सम्पन्न शिविरमा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फूल महम्मद मियाँ, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश साह अग्रवाल, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री साविर एराज अहमद लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा एभरेस्ट दन्त सेवा केन्द्रका बरिष्ठ चिकित्सक डा. मनोज उपाध्याय, डा. सिवानी पटेल, डा. भावना झा, डा. शुभ अधिकारी, डा. सिवानी गुप्ता, शान्ती पोलिक्लिनीकका ईएनटी विशेषज्ञ डा. दिनेश कुमार साह लगायतले चेकजाँच गरेका थिए ।
बिरामीहरुलाइ चिकित्सकहरुले निःशूल्क परामर्श दिनुका साथै निःशूल्क औषधीसमेत उपलब्ध गराइएको थियो ।
साधारण सभामा रेडक्रस उपशाखाका कोषाध्यक्षले आर्थिक बर्ष २०७८÷०७९ को आय ब्यय प्रतिवेदन र सचिवले वार्षिक कार्य प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेका प्रतिवेदन सर्वसंवत रुपमा पारित गरिएको उपशाखाका सहकोषाध्यक्ष डाक्टर जितेन्द्र अस्वानीले जानकारी दिए । उपशाखा सदस्य श्रवण बहादुर रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।