• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परिवर्तित स्वरूपमा विराटनगरको एअरपोर्ट रोड

  • वीरगंज संजाल
  • २६ पुष २०७९, मंगलवार १९:००
  • १६४५

    वीरगंज । पर्यटन प्रर्वद्धनको उद्देश्यसहित विराटनगर महानगरपालिकाले सुरु गरेको एअरपोर्ट रोड ब्युटिफिकेशनको कार्य सम्पन्न भएको छ। कोशी राजमार्गदेखि नहरसम्म करिब साढे ४ सय मिटर क्षेत्रमा सडक सौन्दर्यीकरणको कार्य सम्पन्न भएको हो। वैकल्पिक व्यवस्थापनसहित विराटनगर विमानस्थल जाने उक्त सडकलाई महानगरले २४ घण्टे खुल्ला क्षेत्रको रूपमा विकास गर्ने अवधारणा अघि सारेको थियो। सोही अवधारणा बमोजिम २०७८ मङ्सिर मसान्तदेखि एअरपोर्ट रोडलाई ‘ओपन जोन’ बनाउने परिकल्पनासहित महानगरले ब्युटीफिकेशनको कार्य सुरु गरेको थियो। हाल उक्त कार्य सम्पन्न भएपछि एअरपोर्ट रोडको स्वरूप नै फेरिएको छ। ब्युटीफिकेशनको कार्य सम्पन्न भएपछि हाल सडकको सौन्दर्यतामा नयाँ आयाम थपिएको पर्यटन व्यावसायी एवम् उपभोक्ता समिती अध्यक्ष पुन्य भट्टराईले बताए। यसले आन्तरिक पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउनुका साथै आर्थिक गतिविधि चलायमान बनाउन समेत महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनले जानकारी दिए।

    एअरपोर्ट रोडको सडकपेटीमा हाल २/२ फिटको अन्तरमा वृक्षरोपण गरिएको छ। सडकपेटीलाई व्यवस्थित र सुन्दर बनाइएको छ। सडकपेटीमा ५ फिट पदमार्ग र ३ फिट स्ट्रीट फुड सञ्चालनका लागि छुट्याइएको छ। कोशी राजमार्गदेखि मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरसम्म ६/६ मिटरको दूरीमा १ सय ४२ वटा फलामको पाइप टनेल जडान गरी लाईटिङको कामसमेत गरिएको छ। निर्मित संरचना र आसपासका पसल व्यावसायलाई कुनै बाधा नपर्ने गरि सडक ब्युटीफिकेसनको कार्य गरिएको बताइएको छ। सडक ब्युटीफिकेशन गर्दा सडकपेटीमा टायल्स तथा ब्लक लगाउने र आवश्यक व्यवस्थापनको काम पूर्वाधार विकास कार्यालय मार्फत् भएको उपभोक्ता समितिले जनाएको छ। समितिका अनुसार प्रदेश १ सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको पहलमा सडकपेटी निर्माण तथा व्यवस्थापनको कार्य भएको हो। सडकपेटीमा वृक्षरोपणको कार्य भने उपभोक्ता समिति आफैले गरेको हो। समितिका अध्यक्ष पुण्य भट्टराई भन्छन्, ‘हामीले ३४ वटा बोटविरुवा कटान गरेका थियौं। बदलामा विश्व वातावरण दिवसको अवसर पारेर हामीले १३७ वटा विरुवा रोपेका पनि छौं।’

    कुल ९७ लाख रूपैयाँको लागतमा एअरपोर्ट रोड ब्युटीफिकेशनको कार्य सम्पन्न गरिएको महानगरले जनाएको छ। महानगरका अनुसार उपभोक्ता समितिको ३० र महानगरको ७० प्रतिशत लागत सहभागितामा सडकको सौन्दर्यीकरण गरिएको हो। सडकको सौन्दर्यीकरणसँगै सो क्षेत्रलाई नो पार्किङ जोन समेत बनाउने तयारी रहेको बताइएको छ। एअरपोर्ट रोडको नहर वारि र पारी दुई ठाउँमा व्यवस्थित पार्किङस्थल निर्माण गरिदिएर सो रोडलाई खुल्ला क्षेत्र बनाउने गृहकार्य सुरु भइसकेको जनाइएको छ। विमानस्थल जाने आउने सवारीसाधनलाई विकल्पको रूपमा कञ्चनबारी चौकबाट आवागमनको व्यवस्थापन मिलाइने उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताए। भविष्यमा नहरपारिको क्षेत्रलाई पनि ब्युटीफिकेशन गर्ने तयारी रहेको उनले जानकारी दिए। उनले भने, ‘नहरपारी विभिन्न बोटबिरुवाहरू रोपिएका छन्। त्यसैमा बत्ती जडान गरी ब्युटीफिकेशन गर्ने तयारी छ।’सौन्दर्यीकरण गरिएको एअरपोर्ट रोडको संरक्षणका निम्त्ति सञ्चालन तथा व्यवस्थापन समिति समेत गठन गरिने जनाइएको छ। स्थानीय व्यावसायीहरूको संलग्नतामा समिति गठन गरि आर्थिक गतिविधि बढाउने तयारी गरिएको जानकारी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑