पर्सा । पर्सा प्रहरीले १२ लाख २० हजार रकमसहित हुण्डी कारोबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का १९ वर्षीय राजन कुमार साह रहेका छन् । विशेष सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरी १२ लाख २० हजार बरामद गरेको छ । पक्राउ परेको उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अथप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।