भारतको जम्मुमा रहेको वैष्णो देवी मन्दिरको प्रतिकात्मक मन्दिर गढीमाई मेलामा
वीरगंज संजाल
१३ मंसिर २०७६, शुक्रबार ०७:५३
७३७१
बरियारपुर — बाराको बरियारपुरमा लागेको गढीमाईको पञ्चबर्षिय मेलामा बुधवार देखि चहल पहलमा बृद्धि भएको छ । मेला हेर्न आउँने दर्शनार्थीको चाप बुधवार देखि थप बृद्धि भएको मेला मुल व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा मनोरञ्जनका लागि बिभिन्न खेल तमासा तथा झुलुवाहरु संचालनमा आए पछि मेला हेर्न आउँनेहरुको भिड शुरु भएको छ । मेलामा मौतका कुवा,साना देखि ठूला अकारका झुलुवाहरु,चिडियाघर,सर्कस तथा बिक्रि वितरणका लागि हजारौको संख्यामा बिभिन्न वस्तुहरुको स्टल राखिएको छ ।
तर मेला भर्न आउँने दर्शनार्थीको विशेष ध्यान मेलाको मुख्य भागमा बनाइएको माँ वैष्णो देवीको गुफाले तानेको छ । मेलामा मनोरञ्जनको लागि आएका अन्य खेल,तमासा तथा झुलुवा भन्दा पनि माँ वैष्णो देवीको गुफा भित्रको मन्दिर हेर्न दर्शनार्थीहरु बढी आकर्शित भएको देखिन्छ ।
भारतको जम्मु स्थित कटरा स्टेशन नजिक रहेको बैष्णो देवी मन्दिरको प्रतिकको रुपमा गढीमाई मेलाको मुख्य भागमा सानदार शैलीमा गुफा भित्र बैष्णो देवी मन्दिर निर्माण गरिएको छ । पहाड भित्रको गुफामा रहेको वैष्णो देवी मन्दिरको प्रतिकको रुपमा बनेको गुफा भित्र छिरेर वाहिर निश्केका दर्शनार्थीहरुसँग बुझदा माँ वैष्णो देवीको मेन्दिर नै देखेको जस्तै अनुभव भएको वनाउँछन् । जम्मु काशमिर पुगेर माताको दर्शन गर्ने धोको गढीमाई मेलामा बनेको वैष्णो देवीको मन्दिरले पुरा गरेको गुफा प्रवेश गरी फर्केका एक जना दर्शनार्थी मोहन साहले वताउनु भयो ।
भारतका कलाकारहरुले वनाएको देवीको पहाड,गुफा तथा मन्दिर सबै हुवहु रहेको, प्रतिकात्मक मन्दिरको प्रोप्राईटर शिवजुन प्रसाद चौरसियाले बताउनु भयो । गुफा हेर्न आउँने भक्तजनहरुको सहयोगको लागि मन्दिर परिसरमा ३० जना भन्दा बढी स्टाफ कटेको चौरसियाले वताउनु भयो । गुफा परिसर भित्र प्रवेश गरे पछि वैष्णो देवी मन्दिरमा रहेको हरेक कुराको झलक बरियारपुरमै हेर्न सक्ने व्यवस्थापन गरिएको प्रोप्राइटर चौरसियाले वताउनु भयो ।
मन्दिरमा पुजापाठ गर्ने,नारियल,चुनरी चढाउँने तथा आरती गर्ने सम्मको व्यवस्थापन मिलाइएको चौरसियाले नेपाल पोष्ट डेलीलाई बताए । गुफा प्रवेशको लागि ५० रुपैयाको टिकट राखिएको छ । कसैको लागि भिआइपी टिकट नरहेको सवै टिकट जेनरल रहेको चौरसियाले वताए । वैष्णो देवी मन्दिर पुगेका तथा नपुगेका दुवैका लागि गढीमाई मेलामा हेर्नै पर्ने कुरा मध्ये जय माँ वैष्णो देवी गुफा रहेको चौरसियाको भनाई रहेको छ ।