• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका प्रहरी प्रमुख फेरिएपछि गाँजा खेती नष्ट गर्ने अभियान शुरु

  • वीरगंज संजाल
  • २० पुष २०७९, बुधबार १८:०७
  • २०५७

    वीरगंज । प्रहरीको संरक्षणमा पर्साको ग्रामिण क्षेत्रमा लगाइएको गाँजा खेती पर्साका प्रहरी प्रमुख फेरिएपछि नष्ट गर्न थालिएको छ । प्रहरी उपरिक्षक रमेश बस्नेतको सरुवा भई नयाँ एसपी आएपछि गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो । गृहमन्त्रीमा रवि लामिछाने आएपछि मधेसका बिभिन्न जिल्लामा कार्यरत प्रहरी इन्चार्जहरु कार्वाहीमा परिने डरले ग्रामिण क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेका छन् । गृहमन्त्री कहाँ सिधै सुचना पुग्न सक्ने त्रासले प्रहरी प्रमुखहरु नयाँ काम देखाउन पनि गाँजा फँडानी अभियानमा लागेका हुन । पैसा कमाउनको लागि वीरगञ्ज आएको बताउने गरेका जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रहरी उपरिक्षक बस्नेतले माताहातका प्रहरी चौकीलाई गाँजाको बेर्ना नष्ट नगर्न निर्देशन दिएका थिए । उनले गाँजा खेतीले किसान र प्रहरी दुबैलाई फाइदा हुने भएकोले त्यस तर्फ ध्यान नदिन इलका प्रहरी प्रमुखलाई भन्ने गरेको एक प्रहरी अधिकृतले बताए । तत्कालीन प्रहरी प्रमुखले बस्नेतले माताहातका प्रहरी इन्चार्जहरुलाई बदनाम नहुने गरी रकम असुल्न लगाउने गरेको ती प्रहरी अधिकृतको भनाई छ । पर्सामा प्रहरी प्रमुखको रुपमा बस्नेत आएपछि व्यापक रुपमा सीमा क्षेत्रबाट चोरी तश्करी (अवैध व्यापार) मौलाएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठको नेतृत्वमा गाँजाका बेर्ना नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । उनी पछि आएका तत्कालीन प्रहरी उपरिक्षक रमेश खरेलले पर्साबाट गाँजा खेती उन्मूलन गरेका थिए । स्थानीय प्रहरी प्रशासनले कडा निगरानी र जग्गाधनी माथि कार्वाही अभियान थालेपछि पर्सामा २०६७ साल देखि गाँजा खेती पूर्ण रुपमै बन्द भएको थियो । पर्साको सोनवर्षा ,शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, निर्मलवसती, बिजयबस्ती, परसवा जितपुर, निचुटा, प्रसौनीविर्ता, सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका ठाउँहरुमा गाँजा कारोवारीहरुले जग्गा ठेक्कामा लिएर खेती गरेको स्थानीयबासीले बताएका छन् । प्रहरी चौकी र इलका प्रहरी कार्यालयलाई पर्साका तत्कालीन एसपी रमेश बस्नेतले गाँजाको बेर्ना नष्ट नगर्न भनेको एक प्रहरी अधिकृतले बताए । उनले किसानबाट जति रकम तन्न सक्छस तान तर गाँजा खेती नष्ट गर्ने तर्फ नलाग भन्ने गरेको ग्रामिण क्षेत्रमा कार्यरत एक जुनियर प्रहरी अधिकृतले बताए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगलसंँग जोडिएका क्षेत्रहरुमा बढीजसो गाँजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाँजा रोपेका छन् । १०÷१२ वर्ष देखि गाँजाको खेती बन्द हुँदा पर्सामा गाँजाको बीऊ नपाउने भएपछि यहाँका गाँजा कारोबारीहरुले मकवानपुरका पहाडी क्षेत्रबाट बीउ ल्याएर रोपेका हुन् ।

    कतिपय स्थानमा भने गाँजाका कारोबारीहरुको लगानीमा गाँजाको खेती गरेको गाँउलेहरुले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले भने आफूलाई पर्सामा गाँजा खेती भएको बारेमा जानकारी नभएको बताए । उनले अब त्यस क्षेत्रमा गाँजा फाँड्ने टोली नै परिचालन गरेर गाँजा खेती मा संलग्न लाई कार्वाही गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय लागि पर्ने जानकारी दिए । यसैबीच पर्साको जिराभवानी गाउँ पालिकामा ५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरेको छ । ईलाका प्रहरी कार्यालय सेढवा बाट प्रहरी नायब निरीक्षक अजय कुमार ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–३ सहजानपुरमा अवैध रुपमा लगाइैएको उक्त क्षेत्रफलको गाँजा खेती फाँडेर नष्ट गरेको हो । गाँजा खेती कस्को हो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । पर्साका ग्रामिण क्षेत्रको विभिन्न स्थानमा करिव तीन सय विघा जमिनमा गाँजा खेती गरिएको अनुमान प्रहरीको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑