वीरगंज । नेपाल राष्ट्र बैंकले समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना गरेको छ । राष्ट्र बैंकले भर्चुअल पत्रकार सम्मेलन गर्न लागेको हो ।
चालु पुँजी कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण गर्ने विषयमा केहीबेरपछि पत्रकार सम्मेलन गर्न लागेको हो । बुधबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो ।
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा छलफल भएको थियो । उद्योगी व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका छन्।