वीरगंज । बीरगन्ज महानगरपालिकाले बुधबार छात्रवृत्ति वितरण गर्दै छ । गएको कातिक १९ गते महानगरले लिएको छनौट परीक्षाबाट छानिएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
दिउँसो ३ बजे नगरसभागृहमा आयोजना हुने कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहले छनौट भएका विद्यार्थीलाई पूर्ण नि:शूल्क छात्रवृत्तिको पत्र प्रदान गर्ने उनका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।
बीरगन्ज महानगरपालिकाले कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । बीरगन्जमा सञ्चालन रहेका विद्यालय तथा कलेजहरुमा अध्ययनका लागि छनौटमा परेका करिब ३ सय जना विद्यार्थीलाई महानगरले छात्रवृत्ति दिन लागेको हो ।