वीरगंज । आर.के.पटेल । विगत तीन दिनदेखि नेपालका तराई भूभागमा, मुख्यतया मध्य तराईमा, दिनभरि हुस्सु/कुहिरो लागेको र अझै केही दिन शीतलहर हुने महाशाखाले विशेष बुलेटिनमा जानकारी दिएको छ।
‘भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियस बढीले घटेको छ। यी क्षेत्रहरुमा मध्यनजर गर्दा हाल नेपालको तराई भूभाग विशेषतः नेपालगंजदेखि पूर्व जनकपुरसम्म मंद शितलहरको अवस्था रहेको र यो शितलहर अझै १-२ दिन कायम रहने संभावना भएकोले तापक्रम घट्न गई मध्यम किसिमको शितलहर हुनसक्ने संभावना रहेको देखिन्छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ।
आगामी १-२ दिन चिसो धेरै बढ्ने भएकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ। साथै देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।