नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र माडी नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित साे खुल्ला संग्रहालयका लागि १८ दिनसम्म कला कार्यशाला गरियाे । प्रस्तर (ढुंगा) मा स्थानीयस्तरमै कुँदिएका मूर्तिकलाहरूले दर्शककाे ध्यान नखिचीरहन सक्दैनन् ।
कलाकृतिहरु कुनै मूर्त र कुनै अमूर्त तथा अर्ध अमूर्त शैलीका रहेका छन् । मूर्तिकारहरुले सोमेश्वर क्षेत्रमै आवासीय रुपमा १८ दिनसम्म रही जंगलमा रहेका विशाल ढुंगाहरू काेरेर ती प्रस्तर मूर्तिहरु निर्माण गरेका हुन् ।
कार्यशालामा नेपालका ख्यातिप्राप्त मूर्ति कलाकारहरु राजु पिठाकोटे, लक्ष्मण भुजेल, उत्तम डंगोल, हरिराम अधिकारी, गंगाधर सारु, राजन काफ्ले, हिम्मत नेम्वाङ, रामचन्द्र पण्डित, इन्दिरा रुेष्ठ, सुनिता राणा, देवेन्द्र पाण्डे, दिनेश्वर महतो, सुमन राई, भीम श्रेष्ठलगायत रहेका छन् ।