वीरगंज ।आर.के.पटेल। वीरगंजमा ४८ थान Vivo मोबाइल सहित एक जना पक्राउ परेको छ ।
वीरगंज महानगरपालिकाको वडा नं-८ लिंक रोड सडक खण्डमा भारतको रक्सौलबाट खरिद गरी भन्सार छली चोरी पैठारी गरी ल्याइएको Vivo कम्पनीको मोबाइल ४८ थान बरामत भएको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं-७ मा बस्ने ३० बर्षिय रोशन जाटिया पक्राउ परेको छ । थप अनुसन्धान तथा कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।