• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेपाल माफियाः जसको राज छ प्रविधिको विश्वबजारमा

  • वीरगंज संजाल
  • ११ पुष २०७९, सोमबार १३:२९
  • १४८९

    वीरगंज । अहिलेको विश्वमा सामाजिक सञ्जालदेखि अटोमोबाइलसम्म र भेञ्चर क्यापिटलदेखि एरोस्पेससम्म एउटै समूहले राज गरिरहेका छ । जुन समूहका १४ जनाले १० बिलियन डलरका छुट्टा छुट्टै कम्पनी स्थापना गरेका छन् । यस्ता कम्पनीले विश्व बजार कब्जा गर्ने मात्र नभएर संसारलाई नै बदल्ने रणनीतिमा छन् । यो समूहको नाम हो, ‘पेपाल माफिया’ । ‘माफिया’ शब्दको अर्थ हुन्छ कानून, राज्य व्यवस्थालाई हाँक दिने ठुलठुला अपराध कार्यमा संलग्न छद्‍म अपराधी समूह । तर, ‘पेपाल माफिया’को अर्थ भने फरक छ । आज हामी यही ‘पेपाल माफिया’ भनेको के हो ? यो समूहमा कोको छन् ? कसरी विश्वबजार कब्जा गरिरहेका छन् ? आदि विषयमा चर्चा गर्दैछौँ । यसको कथा सुरु हुन्छ सन् १९९८ बाट । जब पिटर थिल र म्याक्स लेवचिन (Max Levchin) ले मिलेर व्यक्ति व्यक्ति बीच भुक्तानी गर्न सकिने प्रविधिको विकास गर्न खोजिरहेका थिए । त्यस समयमा स्मार्टफोन नहुँदा मानिसहरूसँग नगद, चेक वा एटीएम कार्डको विकल्प थिएन । जसले गर्दा विभिन्न भुक्तानीका काम गर्न असहज भइरहेको थियो । अनलाइनबाट पनि भुक्तानी गर्न मिल्छ भन्ने कुरा कसैले कल्पना नै गर्न सकेका थिएनन् । त्यही समयमा पिटर थिल र म्याक्स लेवचिनले फिल्डलिङ्क नामक सफ्टवेयर कम्पनी स्थापना गरे । जो अहिले कन्फिनिटी नामले परिचित छ । ‘पेपाल माफिया’मा पिटर थिल, रिड हफम्यान, लियुक नोसेक, जावेद करिम मुख्य सदस्य छन् । यस समूहमा बिर्सिनै नमिल्ने अर्को नाम हो, एलन मस्क । ‘पेपाल माफिया’का जति पनि फोटो प्रकाशित छन्, त्यहाँ एलन मस्क कहीँ कतै देखिँदैनन् । यता पिटर थिल कन्फिनिटी बनाउन लागिपरेका थिए । सबै कुरा राम्रै चलिरहेको थियो । त्यही समयमा अलि पर कोही यस्तो व्यक्ति थियो, जसको भिजन कन्फिनिटीभन्दा पनि ठूलो प्लेटफर्म बनाउने थियो । ती व्यक्ति थिए, एलन मस्क ।

    उनले आफ्ना भाइ किम्बल मस्कसँग मिलेर बनाएको जिप टु कम्पनी २२ मिलियन डलरमा बिक्री गरे । त्यसपछि आफ्नो भागको पैसाले नयाँ कम्पनीको सुरुवात गर्न थाले । त्यो कम्पनीको नाम हो, एक्स डटकम । अर्थात् एउटा अनलाइन बैङ्क । पिटर थिल एक अनलाइन पेमेन्ट गेटवेको कम्पनी बनाउन खोजिरहेका थिए भने मस्क पूरापुर अनलाइन बैङ्क नै बनाउने दिशामा केन्द्रित थिए । एक्स डटकमको उदयसँगै कन्फिनिटी ‘बैङ्करप्ट’ (टाट पल्टिने) हुने अवस्थामा आयो । त्यसपछि पिटर थिलले कन्फिनिटीलाई एक्स डटकममा मिलाउन खोजे । एलन मस्कले तयार पारेको एक्स डटकमले पछि सन् १९९९ मा कम्फिनिटीलाई आफ्नो स्वामित्वमा लियो । त्यसपछि नयाँ कम्पनीको नाम रह्यो, ‘पेपाल’ । पेपाललाई सन् २००२ मा ईबेले १.५ अर्ब डलरमा खरिद गर्‍यो । पेपाल ईबेको स्वामित्वमा गएपछि त्यहाँ ईबेले बनाएका नीति लागू हुन थाले । पेपालका कर्मचारीले आफूलाई सहज हुने जेजस्ता रणनीतिहरू थिए, ईबेले ती सबै परिवर्तन गरिदियो । त्यही कुराले पेपालभित्र अनेकौँ समस्या सिर्जना हुन थाले । यही कारणले पेपलका पूर्व कर्मचारीहरू पेपाल छोड्न थाले । त्यसपछि सुरु हुन्छ, ‘पेपाल माफिया’को कथा । पेपाल छोड्ने ती १४ जनामा छ जना यस्ता व्यक्ति छन्, जो पछि गएर अर्बपति भए । ती छ जनाले तयार पारेका कम्पनी उनीहरूको सम्पत्तिभन्दा पनि मूल्यवान मानिन्छन् । यीनै छ जना अहिले सिलिकन भ्यालिको प्रमुख प्रविधि कम्पनीको मालिक बनेका छन् । पेपाल छोडेका ती व्यक्तिसँग सीप, कम्पनीलाई नेतृत्व दिन सक्ने क्षमता र पैसा थियो । जसको आडमा उनीहरू आफ्नो कम्पनी स्थापना गर्न सक्थे । एउटा कम्पनीलाई अर्बौँ डलरको कम्पनी बनाउन उनीहरूमा राम्रो अनुभव र उत्कृष्ट भिजन थियो ।

    त्यही क्षमताको आडमा १४ जना व्यक्तिले आफ्ना छुट्‍टा छुट्‍टै कम्पनी बनाए । आफ्नो छुट्‍टै कम्पनी बनाउनुका साथै उनीहरूले एक अर्कालाई आवश्यक सहयोग पनि गरे । फोर्ब्स म्यागजिनले फिचर गर्नका लागि पेपालका वर्तमान तथा केही उत्कृष्ट पूर्व कर्मचारी गरी १४ जनालाई आमन्त्रित गर्‍यो । उनीहरूलाई प्रबल रूपमा प्रस्तुत गर्न ‘माफिया’ शब्द छानियो । उनीहरूको ग्याङ्गस्टार लुक्सलाई लिएर सन् २००७ मा उनीहरूको फोटोको शीर्षक नै ‘पेपाल माफिया’ राखियो । त्यसपछि ‘पेपाल माफिया’ शब्दले थप चर्चा पाएको मानिन्छ । ‘पेपाल माफिया’ मध्ये ककसले केके गर्दैछन् ? ‘पेपाल माफिया’भित्र पेपालका पूर्व तथा वर्तमान विभिन्न कर्मचारी तथा संस्थापक समावेश छन् । फोर्ब्सले उल्लेख गरेको फोटोमा समावेश १४ जनाको सूची यस प्रकार छ । एलन मस्क –जसले बनाएको एक्सडटकम पेपालमा रि-ब्रान्ड भयो । उनले पछि स्पेसएक्स स्थापना गरे, टेस्ला इन्कको एन्जल इन्भेस्टर बने, ओपन एआई स्थापना गरे, न्युरालिङ्क तथा द बोरिङ कम्पनी स्थापना गरे । मस्क अहिले ट्वीटरको मालिक समेत बनेका छन् । जावेद करिम – पेपालको पूर्व इन्जिनियर, जसले आफ्ना अन्य साथीसँग मिलेर युट्युब स्थापना गरे । जेरेमी स्टोप्पेलम्यान –पेपालको टेक्नोलोजीका उपाध्यक्ष जेरेमी एल्प कम्पनीका मालिक हुन् ।

    एन्ड्रियू म्याक- पेपालका पूर्वकर्मचारी एन्ड्रियू वालार भेञ्चर (Valar Ventures) का सह-संस्थापक हुन् ।प्रेमलाल शाह –पेपालका पूर्व प्रोडक्ट म्यानेजर शाह किवा डट ओआरजीका संस्थापक अध्यक्ष हुन् । ल्युक नोसेक –पेपालका पूर्व-सहसंस्थापक नोसेक अहिले फाउन्डर्स फण्डमा पार्टनर छन् । केन ह्यारी -पेपाकलका पूर्व सीएफओ ह्यारी पनि फाउन्डर फण्डमा महत्त्वपूर्ण भूमिमा छन् । डेभिड व. स्याक्स– पेपालका पूर्व सीओओ स्याक्स जेनी डटकमका संस्थापक हुन् । पिटर थिल –पेपालका संस्थापक एवम् पूर्व सीईओ थिललाई ‘पेपाल माफिया’को डन उपनामले चिनिन्छ । उनले फाउन्डर फण्ड, वालार क्यापिटल, वालार भेञ्चर, प्लान्तिर टेक्नोलोजिज, कम्फिनिटी, ब्रेकआउट ल्याब्स, थाइल फेलोशिप, थाइल क्यापिटल म्यानेजमेन्ट जस्ता कम्पनी स्थापना गरेका छन् । किथ र्‍याबोइस –पेपालका पूर्व अधिकृत किथ अहिले सक्रिय रूपमा लिङ्डइनमा कार्यरत छन् । त्यसबाहेक पनि उनी पिटर थाइलले स्थापना गरेका धेरै कम्पनीमा सहकार्य गरिरहेका छन् । रेड होफम्यान –पेपालका पूर्व उपसभापति होफम्यान लिङ्डइनका संस्थापक हुन् । उनी सुरुवाती दिनमा फेसबुकका लगानीकर्ता समेत थिए । म्याक्स लेवचिन – म्याक्स पेपालका संस्थापक तथा सीटीओ हुन् । रोइलफ बोथा – रोइलफ पेपालका पूर्व सीएफओ हुन् । उनले पेपाल छोडेपछि भेञ्चर क्यापिटल फर्म सेक्वेया क्यापिटलमा पार्टनर छन् । रसेल सिमन्स – पेपालका पूर्व इन्जिनियर रसेल यल्प इन्कका संस्थापक हुन् । फोर्ब्सले सार्वजनिक गरेको फोटोमा एलन मस्कबाहेक अन्य व्यक्तिहरू समावेश छन् । विशेषगरी पेपालका १४ जनालाई ‘पेपाल माफिया’को नाम दिए पनि त्यसमा अन्य केही व्यक्तिहरू पनि जोडिन्छन् । ‘पेपाल माफिया’को उक्त सामूहिक फोटोमा एलन मस्क किन देखा पर्दैनन् भन्ने धेरैको जिज्ञासा हुनसक्छ । फोर्ब्सका अनुसार मस्कलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको भए पनि उनी विशेष कामले सहभागी हुन पाएनन् । त्यसैले उनको फोटो उक्त समूहमा देखिँदैन । पेपाल एउटा सानो कम्पनीलाई त्यहाँ कार्यरत विभिन्न व्यक्तिले आफ्नै तवरबाट चार वर्षको अवधिमा १.४ अर्ब डलर बराबरको कम्पनी बनाएका थिए । कडा परिश्रम, आफूमा दृढ संकल्प, सीपमा विश्वास र केही नयाँ गर्ने सोच भएका ‘पेपाल माफिया’को समूहले सिलिकन भ्यालिबाट हुर्किने अधिकांश स्टार्टअपलाई सहायता दिँदै आएका छन् । त्यसैले ‘पेपाल माफिया’ संसारभर परिचित बनेको शब्द हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑