• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको एकीकृत जाँच चौकी आईसीपी र सुक्खा बन्दरगाह आईसीडीमा पूर्वाधार पुगेन

  • वीरगंज संजाल
  • १५ मंसिर २०७९, बिहीबार १४:२१
  • १९८५

    वीरगंज । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) मा पूर्वाधार अभावले समस्या भोग्नुपरेको व्यवसायीले गुनासो गरेका छन् । आईसीपी सञ्चालनमा आएको ५ वर्ष पुग्न लाग्दा पनि त्यहाँ पशु क्वारेन्टाइन र प्लान्ट क्वारेन्टाइनको एकाइ खुल्न नसकेको र यसमा सरोकारका निकाय उदासीन देखिएको आयातकर्ताले बताएका छन् । ‘आईसीपीमा यी कार्यालय नहुँदा आयात–निर्यातकर्ताहरू आवश्यक प्रक्रियाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ,’ आयातकर्ता सुरेश रुंगटाले बताए । ती निकायको एकाइ नहुँदा व्यापारको समय र श्रमको खर्च बढी लागेको रुंगटाको भनाइ छ । यसबाट आयात निर्यातमा असजिलो भएको व्यापारीले बताए । आईसीपी र आईसीडीमा दुवै निकायको कार्यालय सञ्चालनमा ल्याउन व्यापारीको माग छ । ती संरचनामा शीत भण्डारणको पनि अभाव रहेको आयातकर्ताको गुनासो छ । यी दुवै संरचनाको नियमन गर्दै आएको नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका प्रमुख कमल ज्ञवाली आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको बताउँछन् ।

    आयात निर्यात सहजीकरणका लागि गोदाम, पार्किङलगायत संरचना निर्माण भइरहेको ज्ञवालीले बताए । आईसीपीमा निर्माण भएको आवागमनका लेन पनि पूर्ण रूपमा सञ्चालनमा नआएको व्यापारीको भनाइ छ । मालसामान र यात्रुसमेतको आवागमन हुने गरी तयार पारिएको एकीकृत संरचनामा अहिलेसम्म यात्रु आवागमन खुल्न सकेको छैन । अध्यागमन कार्यालय सञ्चालनमा नआएको र सुरक्षा संवेदनशीलतालाई कारण देखाएर भन्सारले यात्रु आवागमनलाई पन्छाइरहेको आरोप सरोकारका पक्षले लगाएका छन् । करीब २ दशकअघि सञ्चालनमा आएको आईसीडीको पूर्वाधार सुधारमा पनि सरकारी उदासीनता देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । आईसीडीमार्फत हुने आयात निर्यात आईसीडीको क्षमताभन्दा बढी भएको अवस्थामा पूर्वाधार सुधार र विस्तारको काम हुन नसकेको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल बताउँछन् । आईसीडी सञ्चालनको जिम्मा लिएको निजी कम्पनी प्रिस्टाइन भ्यालीका कार्यकारी निर्देशक बी मोहनले रेलवे लेन अद्यावधिक गर्ने र डस्टी कार्गो सञ्चालनका लागि पूर्वाधार तयार गर्ने काम भइरहेको जानकारी दिए ।

    सरकारले आईसीपी र आईसीडी भन्सारलाई आपसमा गाभ्ने निर्णय गरे पनि पूर्वाधार विस्तारको अभावमा यो निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । आईसीपी सञ्चालनमा आएसँगै यी पूर्वाधार आपसमा गाभ्ने उद्देश्य राखिएको थियो । आईसीपी र आईसीडीबीचको ६२ बिगाहा जग्गा अधिग्रहणको योजना ४ वर्ष बितिसक्दा पनि मुआब्जाको विवादमा अल्झिएको छ । यी दुई पूर्वाधारबीचको जग्गा शीघ्र अधिग्रहण गरी ६२ बिगाहा क्षेत्रफलमा पूर्वाधार विस्तार गरिनुपर्ने माग निजीक्षेत्रले गर्दै आएको छ । यो संरचनाभित्र एउटा शीत भण्डार, दमकल र एम्बुलेन्सको व्यवस्था हुनुपर्ने पनि अध्यक्ष गुप्ताले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑