• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थापाथलीबाट पछि हट्ने मुडमा छैन महानगर

  • वीरगंज संजाल
  • १४ मंसिर २०७९, बुधबार ०९:१९
  • १८६१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ । सुकुम्वासी प्रतिरोधमा रहेका बेला महानगरको कदमविरुद्ध बोलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मेयर बालेन्द्र साह (बालेन)ले जवाफ फर्काएका छन्, ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’सले जति विरोध र प्रतिरोध भए पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ । महानगरपालिका स्रोतका अनुसार अहिले महानगरले परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीति बुनिरहेको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ । उसकै जोडबलमा महानगर बस्ती हटाउन अघि सरेको थियो ।

    ४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्‍यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो । पूर्वयोजनाअनुसार सोमबार थापाथली पुगेको महानगरको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा वर्सााएका थिए । नगर प्रहरी बलका प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएपछि मंगलबार नगर प्रहरी थापाथलीमा जान सकेन ।

    ‘वडासँग कसैको समन्वय छैन’

    थापाथलीको सुकुम्वासी बस्ती काठमाडौं–११ मा पर्छ । बस्ती हटाउन महानगरपालिका अघि सर्दा वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि मौन छन् । सुकुम्वासी वस्ती हटाउने योजनाबारे आफूलाई कुनै जानकारी नै नभएको वडाध्यक्ष हिरालाल तण्डुकार दाबी गर्छन् । ‘मलाई यो विषयमा खासै थाहा छैन, हिजो आन्दोलन भएपछि एक जनाले फोन गरेर सुनाउँदै थिए । मैले मलाई थाहा छैन, भनिदिएँ,’ उनी भन्छन्, ‘महानगर प्रहरीले मलाई जानकारी गराएन ।’सुकुम्वासी बस्तीका बासिन्दाले आफूलाई समस्याको बारेमा केही नबताएको उनको दाबी छ । यो वडाले हेर्ने विषय नै नभएकाले सुकुम्वासी बस्ती र यो समस्याबारे आफू केही नबोल्ने भन्दै उनी पन्छिए । ‘यसमा मेरो आफ्नो धारणा भन्ने केही हुँदैन । यहाँबाट वर्षौंदेखि सुकुम्वासी बस्ती हट्नुपर्छ भनेर आवाज उठिरहेकै छ, समितिले निर्णय गरेर काम गरिरहेको छ,’ उनी भन्छन्, ‘यो नयाँ विषय होइन ।’बालेन ‘ब्याक’ नहुने : महानगरका मेयर बालेन्द्र साह (बालेन) सुकुम्बासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् । बालेनको सचिवालयले बागमती नदी किनारको प्रमुख सरोकारवाला महानगर भएकाले किनार व्यवस्थित गराउने उद्देश्यले काम सुरु भएको बताएको छ । ‘यसमा पछि हट्ने कुरा छैन । बागमती सभ्यता विकास समितिको दायित्व भएता पनि प्रत्यक्ष सरोकार हामीसँग हुने भएकाले अपनत्व लिएर काम हामीले गर्दैछौं,’ सचिवालय स्रोतले भन्यो बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरले अब प्रशासनको सहयोगमा बस्ती खाली गर्ने बताए । ‘हामी बस्ती खाली गर्नै जाँदा प्रहरी–प्रशासन संयन्त्रले सहयोग गरेको देखिएन,’ उनले भने, ‘हामी तयार छौं, प्रशासनबाट सहयोग कुरिरहेका पनि छौं ।’

    आन्दोलन र गस्ती : महानगर पछि नहट्ने संकेत पाएपछि मंगलबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ पनि गरे । काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार मंगलबार बिहान ३ सय भन्दा धेरै सुकुम्वासी बस्तीका स्थानीय महानगर घेर्न गएका थिए । थापाथलीबाट नारा जुलुस गर्दै गएका सुकुम्वासीले महानगरविरुद्ध नारा लगाए । फेरि थापाथली फर्किएर उनीहरु निरन्तर आन्दोलन र प्रतिकारको तयारीसहित गस्ती गरिरहेका छन् । उनीहरुलाई जतिबेला पनि महानगरको डोजर आउनसक्ने डर छ ।आन्दोलनकारीहरुले मंगलबार बिहानदेखि अपराह्नसम्म थापाथलीको सुकुम्वासी बस्ती छिर्ने मुख्य बाटाहरुमा प्रदर्शन पनि गरेका थिए आफूहरुलाई हटाउन लागेको विरोधमा सोमबार थापाथली क्षेत्रका सुकुम्वासीहरुले गरेको प्रदर्शन । विगत २७ वर्षदेखि सोही बस्तीमा बसिरहेको बताउने शंकर कामीले कुनै पनि हालतमा नहट्ने बताए । ‘हाम्रो आन्दोलन, हाम्रो अस्तित्वसँग जोडिएको छ । यहाँबाट उठाउनु भनेको हामीलाई मार्नु बराबर हो । हामी कुनै पनि हालतमा हट्दैनौं,’ उनले भने, ‘यहाँ हामी दैनिक काम गरी पेट पाल्ने श्रमिकहरु छौं, अन्य स्थानमा लगेर राखियो भने पनि हामीलाई काम गरिखान गाह्रो अप्ठेरोे हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑