• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा सरकार बनाउन सिके राउतकाे पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री

  • वीरगंज संजाल
  • १३ मंसिर २०७९, मंगलवार १७:१७
  • ३२१७

    वीरगंज । मधेस प्रदेशमा सरकार निर्माणका लागि सिके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ। प्रत्यक्षतर्फ ६ सिट जितेको जनमतले समानुतिक तर्फ पनि ६ भन्दा बढी सिट ल्याउने देखिएको छ। १०७ सदस्ययीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ। प्रदेशमा कुनै एक दल वा चुनावअघि गरिएको गठबन्धनले बुहमत ल्याउन सकेको छैन्। मधेस प्रदेशका ६४ वटा प्रत्यक्ष सिटमध्ये सबैभन्दा धेरै नेकपा एमालेले १५, नेपाली कांग्रेसले १३, जनता समाजवादी पार्टी (जसपा) ले ९, जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७, स्वतन्त्रले ६ र माओवादी केन्द्र एवं नेकपा (एकीकृत समाजवादी) ले ४/४ सिट ल्याएको छ। समानुपातिकतर्फ भने कांग्रेसले ९, एमालेले ८, जनमतले ६, जसपाले ६, माओवादीले ८, एकीकृत समाजवादीले ६, लोसपाले २, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १, नागरिक उन्मुक्ति पार्टीले १ र संघीय समाजवादी पार्टीले एक सिट जित्ने पक्कापक्की छ। समानुपातिकतर्फको मतगणना जारी रहेकाले बाँकी तीन सिट कसले जित्ने एकिन छैन।

    जनमत पार्टीलाई आफ्नो पक्षमा पार्न कांग्रेस र एमाले दुबैले कसरत गरिरहेका छन्। सरकार निर्माणमा जनमत पार्टी निर्णायक रहेकाले उक्त पार्टीका नेताहरूसँग शुभकामना आदानप्रदान र सहकार्यको विषयमा छलफल चलिरहेको कांग्रेसका प्रदेश सभा सदस्य रामसरोज यादवले जानकारी दिए। उनका अनुसार जनमतबाहेक संघीय सरकारमा गठबन्धन गरेका माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलाई मिलाएर सरकार बनाउने तयारी छ। यस विषयमा ठोस निर्णय भने भएको छैन। जनमत पार्टीले प्रदेश सरकारमा सहभागी हुन मुख्यमन्त्री दाबी गरेको छ। जनमतका केन्द्रीय सदस्य विपी साहले एमाले वा कांग्रेसमध्ये जनमतको नेतृत्व स्वीकार गर्ने पार्टीसँग गठबन्धन गर्ने पार्टीको अडान रहेको बताए।

    ‘अरू सबै पार्टीले गठबन्धन गरेर चुनाव लडे। एक्लै लडेको जनमत पार्टीलाई प्रदेशका जनताले सबैभन्दा धेरै मत दिएको आधारमा हाम्रो पार्टी सबैभन्दा ठूलो हो,’ उनले भने, ‘हाम्रो पार्टीले सरकारको नृतत्व गर्छ। अन्य दलहरूसँग पनि कुराकानी भइरहेको छ। सरकार बनाउन हामी सबै पार्टीलाई आह्वान गर्छौं। हामी सबै दलसँग सहकार्यका लागि पहल गरिरहेका छौं।’सरकार बनाउन एमालेले पनि अन्य दलहरूसँग छलफल थालेको छ। कांग्रेस र एकीकृत समाजवादीबाहेक अन्य सबै दलसँग सहकार्यका लागि ढोका खुला रहेको एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापाले बताइन्। उनका अनुसार जसपा, लोसपा, माओवादी र जनमत पार्टीसँग सरकार बनाउन कुराकानी भइरहेको छ। सरकार निर्माणका लागि जनमत पार्टीसँग छलफलका लागि औपचारिक संवादको तयारी भइरहेको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑