वीरगंज । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष तथा समानुपातिकतर्फको मंगलबार १ः५० बजेसम्मको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । समानुपातिकतर्फ भने नेकपा एमालेको अग्रता कायम छ ।
सातवटा प्रदेशमध्ये ६ वटामा समानुपातिकतर्फ एमाले अगाडि रहेकोमा मधेस प्रदेशमा भने कांग्रेस अगाडि छ । १८ लाख ४६ हजार १६ मतगणना हुँदा नेपाली कांग्रेसको पक्षमा ३ लाख ५९ हजार ३२८ मत खसेको छ ।
दोस्रो स्थानमा नेकपा एमाले छ । एमालेले ३ लाख २२ हजार ८३४ मत पाएको छ । यो प्रदेशमा जनमत पार्टी तेस्रो स्थानमा छ । जनमत पार्टीका पक्षमा २ लाख ६७ हजार २४७ मत खसेको छ । जनता समाजवादी पार्टी नेपालले २ लाख ६२ हजार ८१५ मत पाएको छ । चौथो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रका पक्षमा १ लाख ६७ हजार २१४ मत खसेको छ ।