वीरगंज । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट असारमसान्तसम्म कायम चुक्ता पुँजीबाट १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको वार्षिक साधारणसभाबाट पारितपश्चात् सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । हाल बैंकको चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रूपैयाँ छ ।