• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

  • वीरगंज संजाल
  • १३ मंसिर २०७९, मंगलवार १२:४९
  • २७०५

    वीरगंज । काठमाडौंको गोठाटारमा भएको ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्र्जी)को हत्याका मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान रहेको खुलेको छ ।बिहारकाे रक्सौलका पासवान हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको हो । सर्लाही हरिवन नगरपालिका– २ का मोहम्मदको गत ३ असोजमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि लखेटी–लखेटी गोली हानेर हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो । समितिबाट भएको करिब ५७ दिनको अनुसन्धानले मोहम्मदको हत्या बब्लुकै योजनामा भएको निष्कर्ष निकालेको छ । समितिका सदस्य तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले हालसम्मको अनुसन्धानबाट मोहम्मदको हत्या बब्लुकै योजनामा भएको देखिएको बताए । ‘मोहम्मदको हत्या अनुसन्धान सकिएको छ । हालसम्म भएका अनुसन्धान विश्लेषण गर्दा हत्याको मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान रहेको देखिन्छ । उनी फरार छन् । खोजीमा प्रहरी सक्रिय छ । उनी पक्राउ परेपछि थप तथ्य खुल्ने पाटो अलग हो । तर, हालसम्म प्राप्त प्रमाण हेर्दा मोहम्मद हत्यामा उनी नै मुख्य पात्र देखिन्छन्,’ उनले भने । प्रहरीका अनुसार बब्लु लागुऔषध मुद्दामा पार्साको वीरगन्जस्थित कारागारमा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनी करिब वर्ष दिनअघि मात्रै कारागारबाट मुक्त भएका थिए । प्रहरीका अनुसार मोहम्मद हत्याको योजना बनाउने मात्र नभई आवश्यक खर्च जुटाउने कामसमेत उनकै संलग्नतामा भएको थियो । हत्याका लागि आवश्यक युवा उनैले जुटाएका थिए । हत्यामा प्रयोग भएको हतियार रक्सौलसम्म ल्याउने काम पनि उनैले गरेको अनुसन्धानले देखाएको छ । रक्सौलमा उनले उक्त हतियार हत्याका अभियुक्तमध्येका वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँलाई दिएका थिए । उनकै निर्देशनमा महोरम र रेहानले उक्त हतियार काठमाडौंसम्म ल्याई ‘सुटर’लाई दिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    प्रहरीका अनुसार बब्लुले मोहम्मद हत्यामा आफ्नो ‘गर्लफ्रेन्ड’ मेनिला भनिने मेरिनालाई समेत प्रयोग गरेका छन् । उनको मेरिनासँग जेलमै भेट भएको थियो । त्यसपछि दुईबीच प्रेम बसेको थियो । जेलबाट छुटेपछि दुवै रक्सौल बस्दै आएका थिए । यही क्रममा बब्लुले मोहम्मद हत्याको योजना मेरिनासँग ‘सेयर’ गरेका थिए । मोहम्मद हत्यामा ‘रेकी’ गर्न प्रयोग भएकी मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई बब्लुसँग मेरिनाले नै भेट गराइदिएको प्रहरीले जनाएको छ । मेरिनासँग सुस्मिताको जगन्नाथ देवल केन्द्रीय कारागारमा भेट भएको थियो । जुनवेला मेरिना लागुऔषध कसुरमा र सुस्मिता चोरी मुद्दामा कारागारस्थित महिला बन्दीगृहमा कैद सजाय भुक्तान गर्दैै थिए । जेलबाट मुक्त भएको सूचनापछि मेरिनाले सुस्मितालाई रक्सौल बोलाएकी थिइन् । सोही क्रममा सुस्मिता र बब्लुको भेट भएको थियो । मोहम्मदको ‘रेकी’ गर्ने ‘टास्क’ बब्लुले सोही क्रममा सुस्मितालाई दिएका थिए । ‘सुटर’का लागि होटेल र स्कुटरको व्यवस्थापन गर्ने जिम्मा भने बब्लुले भारतीय नागरिक ‘गुड्डु’ भनिने नितिनमोहन खानलाई दिएका थिए । निर्देशनअनुसार नै नितिनले ‘सुटर’लाई काठमाडौंमा ‘रिसिभ’ गरेका थिए । उनैले ‘सुटर’का लागि गोठाटारस्थित ‘कोशीपारी’ नामको गेस्टहाउस बुक गराइदिएका थिए । गेस्टहाउससम्म लैजाने काम नितिनले नै गरिदिएका थिए । उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । उनी काठमाडौंका नाका र गल्लीबारे राम्रो जानकार थिए । हत्यापछि सुरक्षित भाग्न उनैले ‘सुटर’लाई रुटको जानकारी दिएका थिए ।

    हालसम्मको अनुसन्धानअनुसार हत्यामा प्रयोग भएका दुवै ‘सुटर’ भारतीय नागरिक हुन् । जसलाई ‘हायर’ गर्ने काम पनि बब्लुले नै गरेका थिए । प्रहरीका अनुसार बब्लुले हत्याका क्रममा फरक–फरक भूमिकामा प्रयोग गरिएकामध्ये कसैलाई एक–अर्कासँग भेट र सम्पर्क दिएका थिएनन् । अनुसन्धानमा संलग्न विशेष ब्युरोका एक उच्च अधिकृतले भने, ‘बब्लु निकै ‘स्मार्ट’ देखिन्छ । उसले हत्याका लागि सबैलाई फरक–फरक ‘टास्क’ दिएको देखिन्छ । उनीहरूको एकआपसमा कुनै सम्पर्क देखिन्न । सबैलाई उनी आफैँले ‘ह्यान्डल’ गरेजस्तो देखिन्छ । योजना ‘स्मार्टली’ बनेको देखिन्छ । त्यसो हुँदा ‘सुटर’ सजिलै उम्किन पुगे ।’ हत्यामा संलग्नमध्ये प्रहरीले गत १३ असोजमा वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ, सोही ठाउँका १७ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई मात्रै पक्राउ गरेको छ । मुख्य योजनाकार बब्लु, उनकी ‘गर्लफ्रेन्ड’ मेरिना र बाँकी तीन अभियुक्त फरार छन् । काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले हत्यामा संलग्न सबै अभियुक्त पहिचान भएको बताए । उनले भने, ‘हत्यामा संलग्न तीन अभियुक्त पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् । उनीहरूको पहिचान खुलेको छ । प्रहरी खोजीमा छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑