वीरगंज । बाराको सूवर्ण गाँउपालिका वडा नम्बर २ कवहीगोठबाट सशस्त्र प्रहरीले ३० केजी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका प्रहरी निरिक्षक नवीन देउजाको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतीय सिमा क्षेत्र नजिकैबाट दुईवटा पोकामा रहेको ३० केजी गाँजा बर्माद गरेको हो ।
पैदल हिँडेर गाँजा भारततर्फ लाग्न खोजिरहेको अवस्थामा गस्ती टोलीले देखेपछि भरियाहरु गाँजाको पोका फालेर हिडेका थिए । सशस्त्र प्रहरीका अनुसार गाँजा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।