बीरगन्ज । बीरगन्जमा एक हजारको नक्कली नेपाली नोट फेला परेको छ । बीरगन्ज महानगरपालिकाको श्रीपुर शाखामा रहेको नबिल बैंकमा जम्मा गर्नका लागि सम्राट आलय निगमका कर्मचारीले लिएर आएको नोटमा एक थान नक्कली नोट भेटिएको बैंकले जनाएको छ ।
सम्राट आलय निगमले ५ लाख १९ हजार रुपैया बैंकमा जम्मा गर्न लगेकोमा एक हजार रुपैया एक थान नोट नक्कली भेटिएको बैंकले जनाएको छ ।
बैंकमा जाली रुपैया भेटिएपछि बैंकले राष्ट्र बैंकलाई रिर्पोट गर्दै आएको छ । नेपालमा बेला जाली नोटको कारोवारीहरु बेला बखत सक्रिय हुने गरेको छ ।