







वीरगंज । मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले अरु दलको भन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । पर्सा जिल्लामा प्रतिनिधीसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र छन्।२०७४ को निर्वाचनमा काँग्रेसले चार वटै प्रतिनिधीसभा क्षेत्र र ८ मध्ये ६ प्रदेशसभा क्षेत्रमा पराजय व्यहोरेको थियो ।तर मंसिर ४ मा भएको निर्वाचनमा भने पर्सामा काँग्रेसका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् ।पर्सामा ३ प्रतिनिधीसभा र ४ प्रदेशसभा सदस्यमा गरि काँग्रेसका पाँच जना उम्मेदवार थिए । त्यस मध्ये २ प्रतिनिधीसभा सदस्य र ३ प्रदेशसभा सदस्यमा काँग्रेसले जितेको हो । जनता समाजवादी पार्टी (जसपा) ले भने १ प्रतिनिधीसभा सदस्य र २ प्रदेशसभा सदस्य जित्दा नेकपा एमालेले भने १ प्रतिनिधीसभा सदस्य मात्र जितेको छ । नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र स्वतन्त्र उम्मेदवारले भने १/ १ प्रदेशसभा सदस्य मात्र जितेका छन् । ०७४ को निर्वाचनमा पर्सामा जसपा (तत्लानी संघीय समाजवादी फोरम) ले ३ प्रतिनिधीसभा सदस्य र ५ प्रदेशसभा सदस्य जित्दा काँग्रेसले २ प्रदेशसभा सदस्य मात्र जितेको थियो । लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टीले १ प्रतिनिधीसभा सदस्य र १ प्रदेशसभा सदस्य जितेको थियो ।मंसिर ४ मा भएको निर्वाचनमा जिल्ला सबै भन्दा उत्कृष्ट प्रदर्शन गरेको काँग्रेसले पर्सा २ र ४ को प्रतिनिधीसभा सदस्य तथा पर्सा २ को (क) , ३ को (ख) र ४ को (क) मा प्रदेशसभा सदस्य जितेको हो ।
पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी भएका छनन् ।जयसवाल , ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ ।अन्सारी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा काँग्रेसका जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् । काँग्रेसका जिल्ला सभापति समेत रहेका सिंह २ हजार ६ सय भन्दा बढि मतान्तरले विजयी भएका हुन् । सिंह १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी जसपाकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतको अन्तरले पराजित गर्दै सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सिंह १० हजार १ सय ७२ .मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी डा. गुप्ताले ७ हजार ४ सय ९६ मत पाएकी छन् ।
पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका शंकर चौधरी पुन निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका जयप्रकाश थारुलाई २ हजार ३४ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले ११ हजार ५ सय ८५ मत पाएका हुन् । एमालेका थारुले भने ९ हजार ५ सय ५१ मत मात्रै पाएका छन् ।पराजित थारु , एमालेका जिल्ला अध्यक्ष हुन् ।चौधरी , २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए
पर्सा क्षेत्र नम्बर ४ (ख) मा जसपाका उम्मेदवार सिंहासन सा कलवार पुन निर्वाचित भएका छन् ।२०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट प्रदेशसभा निर्वाचित कलवार दोहोरिएर निर्वाचित भएका हुन् ।कलवार १५ हजार ३ सय ८५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु १२ हजार ६ सय ४१ मत पाएका छन् । कलवार र कानु बिचको मतान्तर २ हजार ७ सय ४४ रहेको छ । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जितेका कलवारले ११ हजार ७ सय ८ मत पाएका थिए ।