धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मात्रिकाप्रसाद यादव दुई हजार ७९४ मतान्तरले पछाडि परेका छन् ।
यहाँ जनता समाजवादी पार्टी (जसपा)का उमेदवार दीपक कार्की अगाडि छन् । पछिल्लो मतपरिणामानुसार कार्कीले नौ हजार ५८२ मत ल्याएका छन् । यादवले ६ हजार ७८८ मत पाएका छन् ।
यस्तै, जनमत पार्टीका किशोरी साहले चार हजार २३३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार मनोज मल्लले तीन हजार ७११ मत ल्याएका छन् । ०७४ मा वाम गठबन्धन हुँदा मात्रिका सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।