सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ (ख) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर जीसी विजयी भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी एमालेका डण्डीप्रसाद शर्मालाई ४,१९६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । जीसीले २१,७३४ मत ल्याउँदा शर्माले १५,७८४ मत ल्याए ।
सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभाका दुवै सिटमा गठबन्धन विजयी भएको छ । प्रदेश ‘क’बाट कांग्रेसका जिल्ला सभापति खड्गप्रसाद पोखरेल विजयी भएका छन् ।