• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा कांग्रेसको कम ब्याक

  • वीरगंज संजाल
  • ८ मंसिर २०७९, बिहीबार १७:३३
  • २४५७

    वीरगंज । पर्सामा नेपाली कांग्रेसले कम ब्याक गरेको छ । २०७४ सालको निर्वाचनमा चारवटै प्रतिनिधि सभामा हारेर ८ मध्ये २ प्रदेश सभामा मात्रै जितेको कांग्रेसले यसपटक २ वटा प्रतिनिधि र ३ प्रदेश सभामा जितेर पूरानो विरासत फर्काएको हो । एकताका कांग्रेसको गढ भनेर चिनिने पर्सा जिल्लामा बिचमा कमजोर भएको कांग्रेस फेरी बलियो सावित भएको छ । पर्साको क्षेत्र नम्बर २ र ४ मा भारी मतान्तरका साथ विजयी हुनुका साथै पर्सा क्षेत्र नम्बर २ (क), ३ (ख) र ४ (क) मा पनि जित निकालेर कांग्रेसले कम ब्याक गरेको हो । नेपाली कांग्रेसबाटै यहाँको क्षेत्र नम्बर १ बाट २०५८ सालको आम निर्वाचनमा जितेर स्वर्गीय कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्रीसमेत भए । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पर्साका ३ क्षेत्रमा कांग्रेसले कब्जा गर्‍यो ।

    क्षेत्र नम्बर १ मा मधेशी जनअधिकार फोरमबाट करिमा बेगम निर्वाचित हुँदा क्षेत्र नम्बर २, ३ र ४ बाट क्रमश कांग्रेसकै अजय द्विवेदी, सुरेन्द्र चौधरी र रमेश रिजाल निर्वाचित भए । २०७० सालमा भएको दोस्रो संविधान सभामा पनि कांग्रेसले २ वटा क्षेत्रमा जित निकाल्यो । क्षेत्र नम्बर १ मा राजेन्द्र बहादुर अमात्यले जित्दा क्षेत्र नम्बर ४ बाट सुरेन्द्र चौधरी निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ र ३ मा भने क्रमशः नेकपा एमालेका विचारी प्रसाद यादव र राजकुमार गुप्ताले जिते । त्यतिबेलासम्म पनि पर्सामा कांग्रेस सशक्त पार्टीको रुपमा स्थापित भयो । २०७० सम्ममा भर्खरै स्थापना भएका मधेशवादी दलले २०७२ मा संविधान बनीसकेपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा भने कांग्रेसको विरासत खोस्दै कब्जा जमायो ।

    चारवटै क्षेत्रमा मधेशवादी दलले जिते । पर्सा १, २ र ३ मा तत्कालिन संघीय समाजवादी फोरमबाट क्रमश प्रदीप यादव, बिमल श्रीवास्तव र हरिनारायण रौनियारले जित्दा क्षेत्र नम्बर ४ बाट तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का लक्ष्मणलाल कर्ण निर्वाचित भए । प्रदेशसभामा पनि कमजोर सावित हुँदै कांग्रेसले जम्मा २ सिट हात पार्न सफल रह्यो । पर्साको क्षेत्र नम्बर २ (क) बाट राजेश्वर साह तेली र ४ (क) बाट शंकर चौधरीले कांग्रेसको अस्तित्व जोगाइराखे । कांग्रेसले त्यतिबेलादेखि पर्सा जिल्लामा गुमाएको साख २०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा फर्काएको छ । यसपटक पर्साको क्षेत्र नम्बर २ र ४ मा भारी मतका साथ कांग्रेसका अजय चौरसिया र रमेश रिजाल निर्वाचित हुँदा ३ वटा प्रदेशसभामा पनि कांग्रेसले जित निकालेको छ । क्षेत्र नम्बर २ (क) मा श्याम पटेल, ३ (ख) मा जनार्दन सिंह क्षेत्री र ४ (क) मा शंकर चौधरी कांग्रेसबाट निर्वाचित भएका छन् । साभाल : यात्रा डेलि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑