• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वेन्द्र, नवराज, रमेश पराजित, ध्रुवबहादुर बिजयी

  • वीरगंज संजाल
  • ८ मंसिर २०७९, बिहीबार १६:५०
  • २१५३

    वीरगंज । प्रहरी संगठनमा अब्बल मानिएका पूर्वप्रहरी राजनीतिमा असफल भएका छन् । राजनीति नै अन्तिम शक्ति हो भन्दै मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीनिक दलबाट उम्मेदवार बनेका उनीहरु सबै पराजित हुँदै असफल भएका हुन् । नेकपा एमालेबाट पूर्वप्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल काठमाडौं–६ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग ५ हजार २९३ मतअन्तरले पराजित भए । शिशिरले १४ हजार २०४ मत ल्याउँदा खनालले ८ हजार ९११ मत पाए । प्रहरी संगठनमा अब्बल मानिएका उनी राजनीतिमा भने अब्बल देखिएनन् । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका उनको संसद यात्रा तय हुन सकेन ।

    त्यस्तै पूर्वडीआइजी नवराज सिलवाल ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका उदयशम्सेर जवरासँग ४ हजार ६१४ मतले पराजित भए । उनले १९ हजार २७८ मत ल्याउँदा कांग्रेसका जवराले २३ हजार ८९२ मत पाए । ०७४ मा प्रहरी सेवाबाट राजीनामा दिएलगत्तै एमाले प्रवेश गरेर यसै क्षेत्रबाट विजय भएका सिलवालको यसपटक भने संसद छिर्ने सपना तुहिएको छ । प्रहरी संगठनमा चर्चित पूर्वडीआइजी रमेश खरेल छुट्टै पार्टी ९नेपाल सुशासन पार्टी०दर्ता गरेर राजनीतिमा होमिएका थिए । उनी काठमाडौं क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । तर उनको संसद पुग्ने सपना अधुरै रह्यो । उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ४ हजार १९ मतले पराजित भए । प्रकाशमानले ७ हजार १४३ मत पाउँदा खरेलले तीन हजार १२४ मत पाए ।

    सशस्त्रका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं–४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका महामन्त्री गगन थापाँसग पराजित भए । कांग्रेसका गगनले २१ हजार ३०२ मत पाउँदा ठाकुरमोहनले ४ हजार ५० मत पाए ।नवलपरासी पूर्व–२ बाट उम्मेदवार बनेका पूर्वडीआइजी ध्रुवबहाद्ुर प्रधानको क्षेत्रमा भने निर्वाचनको मतपरिणाम आउन बाँकी छ । दुई दशकअघि राजनीतिमा होमिएका उनले यसअघि पनि निर्वाचन सामना गरिसकेका छन् । यसपटक भने उनको संसद पुग्ने सपना साकार हुने देखिन्छ । राप्रपाबाट उम्मेदवार बनेका प्रधान हालसम्म अग्रस्थानमा छन् । उनले अहिलेसम्म २३ हजार ६०१ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑