• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको कुन क्षेत्रमा कसको जित ? गुप्ता र यादवले जोगाए एमाले र जसपाको साख

  • वीरगंज संजाल
  • ८ मंसिर २०७९, बिहीबार १४:४४
  • १६२१

    वीरगंज । पर्साको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः दोहोरिएका छन् । २०४६ सालदेखि कोही पनि दोहोरिएर नजितेको यस क्षेत्रमा यादवलाई जनताले फेरी जिताएका छन् । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय कुमार द्विवेदीलाई १ हजार ६ सय २० मतान्तरले पराजित गर्दै यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । २२ हजार ५ सय ३७ मत प्राप्त गरेर यादव निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यस्तै राप्रपाका किरण मान डंगोलले २ हजार ६ सय ५९ मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनको साझा उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले मात्र १ हजार १ सय १७ मत प्राप्त गरेका छन् । यादव यसअघि २०७४ को निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका अनिल रुङ्गटालाई ४ हजार ६ सय ५१ मतले पराजित गरेका थिए । रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याउँदा यादव २१ हजार १ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए ।

    पर्सा २ मा चौरसिया निर्वाचित
    पर्साको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित निकालेको छ । पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अजय कुमार चौरसिया फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जसपा र नेकपा एमाले गठबन्धनका सुरेन्द्र प्रसाद कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् । कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गर्दै चौरसिया विजयी भएका हुन् । यसअघि लगातार २ पटक पराजित रहँदै आएका चौरसियाको यो दोस्रो जित हो । यस क्षेत्रबाट राप्रपाका नरेश कुमार साहले २ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९ सय ७१ मत ल्याएका छन् ।

    रोचक टक्करका बिच राजकुमारको जित
    रोचक टक्कर रहेको पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा झिनो मतान्तरले नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ भोटको झिनो मतान्तरले पराजित गर्दै गुप्ता निर्वाचित भएका हुन् । गुप्ताले २४ हजार २ सय ६० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले २४ हजार १ सय ९ मत पाएका छन् । मतगणनाको सुरुवातदेखि चौधरीले अग्रता लिएपनि अन्तिम समयमा आएर गुप्ताले मतान्तर घटाउँदै गएका थिए । गुप्ता र चौधरी यसअघि २०७४ मा यसै क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए । यस पटक जसपा–एमालेले गठबन्धनका कारण पर्सा–३ एमालेको भागमा परेपछि जसपाले प्रदेशसभामा आफ्नो उम्मेदवार लडाएको थियो । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पर्सा–३ बाट गुप्ता निर्वाचित हुँदा चौधरी पर्सा–४ बाट निर्वाचित भएका थिए ।

    चौथो पटक संसदमा रिजाल
    पर्साको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । नेकपा एमालेका जालिम मियाँ मंसुरीलाई हराउँदै उनले चौथो पटक संसदसम्मको यात्रा तय गरेका हुन् । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका रिजालले मियाँलाई फराकिलो मतान्तरका साथ पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गर्दै मियाँलाई ५ हजार ५ सय २७ मतको ठूलो अन्तरले पराजित गरेका छन् । मियाँले २५ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजाल २०७४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए । राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गर्दा रिजालले १४ हजार ७ सय २ मत मात्र प्राप्त गरेका थिए । जसपा र नेकपा एमालेले क्रमश क्षेत्र नम्बर १ र ३ मा जित हाँसिल गर्दा क्षेत्र नमबर २ र ४ मा कांग्रेसले जित निकालेको छ । साभाल : यात्रा डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑