वीरगंज । पर्साको क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । नेकपा एमाले र जसपा गठबन्धन र पाँच दलीय सत्ता गठबन्धनलाई पछाडी पार्दै २ स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन् । काउली चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवालको अग्रता कायम छ । जयसवालले ३ हजार ४ सय ९ मत प्राप्त गरेका छन् ।
जिप चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार निरराज गिरीले १ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । गिरी नेपाली कांग्रेस परित्याग गरेर प्रदेश सभा सदस्यको टिकट पाउने आशमा नेकपा एमाले प्रवेश गरेका थिए । तर निवर्तमान प्रदेश सभा सदस्य अब्दुल रहिम अंसारीले जसपा छोडेर नेकपा एमाले प्रवेश गरेपछि अन्सारीले नै टिकट हात पारेका हुन् ।
अन्सारीले टिकट पाएपछि गिरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अन्सारीले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् । लाल्टिन छापका स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर प्रसादले १ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । नेपाल सुशासन पार्टीका शिव कुमार साहले १ हजार ९२ मत प्राप्त गरेका छन् भने पाँच दलीय गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका छोटेलाल प्रसाद यादवले ८ सय ४७ मत प्राप्त गरेका छन् ।