वीरगंज । पर्सा क्षेत्र नम्बर १ को (ख) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मुख्यमन्त्री एवम् जसपाका प्रदेशसभा सदस्य उम्मेदवार मो. लालबाबु राउत गद्धीले अग्रता लिनुका साथै मतान्तर पनि बढाएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राउतले आफ्ना निकटतम प्रतिष्पर्धी भन्दा १२ सय ९१ मत बढी ल्याएर अग्रता कायम गरेका । राउतले ३८ सय ५२ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामनारायण कुर्मीले २५ सय ६१ मत प्राप्त गरेका छन् ।
कुर्मी पछाडि ९ सय ७० मत ल्याउँदै राप्रपाका विनय झा तेस्रो स्थानमा रहेका छन् भने लौरो उम्मेदवार ओमप्रकाश सर्राफले ९ सय २८ मत ल्याउँदै चौथो स्थानमा रहेका छन् ।