वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा एमालेको तर्फबाट साझा उम्मेदवार रहेका सिंगासन साह कलवार जित नजिक पुगेका छन् । सोमबार पोखारिया नगरपालिकास्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयमा जारी मतगणनाको सुरुवातदेखि अग्रता लिंदै आएका कलवार जित नजिक पुगेका हुन् ।मतगणना अन्तिम चरणमा पुगेपनि कलवारले सुरुवातदेखि लिएको अग्रतालाई बढाउँदै लगेका छन् ।
जसपा-एमाले गठबन्धनका उम्मेदवार रहेपनिगठबन्धनबाट सहयोग नपाएका कलवारले आफ्नै बलबुतामा यस्तो अग्रता लिएको बुझिएको छ । नेकपा एमालेकै जिल्ला सचिव पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले आफ्ना हजुरबुबा प्रह्लाद सा कानुलाई स्वतन्त्रबाट उम्मेदवार बनाएपछि कलवारलाई कठीन हुने आंकलन गरिएको थियो । यद्दपी अहिलेसम्मको मतपरिणाममा कलवार अगाडि छन् ।
१७ हजार ५ सय ५९ मत गणना गर्दा सम्म कलवारले ८ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् भने कानुले ६ हजार ३ सय ४१ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । पाँच दलीय गठबन्धनको समर्थन पाएकी चाँद तारा कुमारीको मत जम्मा ७ सय ७९ छ ।