वीरगंज । सेयर बजार परिसूचक यो साता केहीहदसम्म सुखद देखिएको छ । मंसिर चार गतेको निर्वाचनको मिति नजिकिँदै गर्दा यो साता नेप्से पनि बढेको छ । जसले गर्दा लगानीकर्ताहरु सेयरबजारप्रति केही हदसम्म उत्साहित देखिएका छन् । नियमित कारोबारको लागि यो साता पाँच कार्य दिन नै नेप्से खुलेको भएपनि दुई कार्य दिन मात्र नेप्से घटेको थियो । बाँकी रहेका तीन कार्य दिन भने नेप्से लगातार बढेको थियो । जसले गर्दा नेप्सेले सातामा १९ सय ३६ दशमलव ८३ बिन्दु चुम्न सफल भएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव ६ बिन्दु चुम्न सफल भएको छ । नेप्से बढेपनि यो साता कारोबार भने अपेक्षा गरेअनुसार बढ्न सकेन् ।
सातामा दुुई सय ३२ वटा कम्पनीहरुको यो साता एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार ६ सय ३१ रुपैयाँमा सिमित भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो । गत८ वटा एक लाख २८ हजार एक सय ३८ साता भने यस्तो कारोबार रकम सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैयाँ कायम रहेको थियो । उक्त साता दुुई सय २पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो, तेस्रो दिन नेप्से घटेको थियो भने दोस्रो, चौंथो र पाँचौं दिन नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन १० दशमलव ५४ अंकले घटेर एक हजार आठ सय ८३ दशमलव १६ खुम्चिएको नेप्से दोस्रो दिन भने २१ दशमलव २९ अंकले बढेर १९ सय चार दशमलव ४५ अंकमा पुग्न सफल भएको थियो ।
तेस्रो दिन पुन ६ दशमलव ५९ अंकले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ झरेको नेप्से चौथो दिन भने १३ दशमलव ४० अंकले बढेर १९ सय ११ दशमलव २६ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पनि नेप्से २५ दशमलव ५७ अंकले बढेर १९ सय ३६ दशमलव ८३ अंकमा पुगेको थियो । यसैगरी पहिलो दिन एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन चार दशमलव ५१ अंकले बढेर तीन सय ७५ दशमलव चार अंंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने दुई दशमलव ८६ अंकले बढेर तीन सय ७६ दशमलव ५७ अंकमा पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स चार दशमलव ४९ अंकले बढेर तीन सय ८१ दशमलव छ अंकमा पुग्न सफल भएको थियो । यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट,नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।