वीरगंज । बिहीबार राति वीरगंज प्रहरीले १० हजार नक्कली मतपत्रसहित दुई जनालाई पक्राउ गरेको छ। बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा बाराका २३ वर्षीय कलैयाका अमिरी राव कुर्मी र ३३ वर्षीय राजन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले जानकारी दिए।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा गएको संयुक्त टोलीले पक्राउ गरेको थियो।
नेपाल समय उनीहरुको साथबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार नगद बरामद गरिएको डीएसपी गिरीले जानकारी दिए। नक्कली मतपत्रमध्ये केहीमा लोसपाको चुनावचिह्न साइकलमा मत संकेत गरिएको भेटिएको उनले बताए। उनीहरूलाई थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ।