वीरगंज । प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १ मंसिरमा बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ को ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोे हो । बैंकले चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।