• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस कृषि विश्वविद्यालय : प्राध्यापक र कक्षाकोठाको टुंगो छैन, चुनावको मुखैमा भर्ना आह्नान

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७९, बुधबार १७:०१
  • १६४९

    जनकपुरधाम । मधेस प्रदेशको कृषि विश्वविद्यालयमा प्राध्यापकविना नै विद्यार्थी भर्ना गर्न थालिएको छ । राजविराजस्थित केअ माध्यामिक विद्यालय परिसमा सञ्चालन रहेको विश्वविद्यालयमा ०७८ मंसिर २१ मा उपकुलपति (भीसी)मा डा. वैद्यनाथ महतोलाई नियुक्त गरिएको छ । विश्वविद्यालयको गत वर्ष मंसिर २७ गते उद्घाटन गरिएको थियो । तर, अहिलेसम्म पठनपाठनका लागि प्राध्यापक नियुक्त गरिएको छैन । विश्वविद्यालयमा रेक्टर (शिक्षाध्यक्ष) को पद रिक्त छ । विश्वविद्यालयका लागि आवश्यक पर्ने कुनै कर्मचारी छैनन् । तर, विद्यार्थी भर्नाका लागि भने सूचना निकालिएको छ । सूचनमा कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिइने उल्लेख छ । माघ पहिलो सातादेखि शैक्षिक सत्र सुरु गर्ने भनिएपनि चुनावको मुखमै विद्यार्थी भर्नाका लागि आह्वान गरेर मधेस सरकारले भ्रमपूर्ण प्रचारबाजी गर्न खोजेको आरोप लागेको छ । राजविराज नगरपालिका ५ बस्ने शोभित सिंहले विश्वविद्यालय स्थापना भएर अध्ययन अध्यापनको कामसमेत प्रारम्भ भइसकेको प्रचार गरी चुनावमा मतदाताहरूलाई प्रभावित पार्न खोजेको देखिएको बताए ।

    “विश्वविद्यालयको आन्तरिक संरचनासमेत तयार भइनसकेको अवस्थामा सोझै विद्यार्थी भर्ना गर्नु हास्यास्पद हो,” उनले भने, “विश्वविद्यालयको सुरुवात नै विवादास्पद र हास्यास्पद भएकाले निरन्तर सञ्चालन प्रक्रिया जटिल हुन सक्छ ।”विश्वविद्यालयको सबै गतिविधिहरू पारदर्शी हुनुपर्नेमा सबै गोप्य हुँदा उनले शंका व्यक्त गरे । निवर्तमान प्राध्यापक परमेश्वर कापडी प्राविधिक कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधारलगायतका व्यवस्थापन हुनु आवश्यक रहेको बताउँछन् । तर, विश्वविद्यालयका लागि कुनै जनशक्ति छैन । “विद्यालयको कक्षा कोठामा विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा सम्भव छैन,” उनले भने, “विद्यार्थी भर्ना भन्दा कक्षा कोठा, प्राध्यापक, प्रशासनिक र लेखा कर्मचारीहरूको व्यवस्थापन आवश्यक छ ।”आवश्यक तयारी पूरा नगरी विद्यार्थी भर्नाको विज्ञापन गर्न नहुने उनले बताए ।

    राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका प्राध्यापक डा. सुरेन्द्र लाभले मुल नियमभित्र रहेर नियमावली बनाउन विश्वविद्यालयको प्राज्ञिक सभाले निर्णय गर्नुपर्ने बताए । “विश्वविद्यालयले सञ्चालन गर्ने संकायका लागि पनि प्राज्ञिक सभाले निर्णय गर्नुपर्छ,” उनले भने, “हचुवाको भरमा सोझै विद्यार्थीको नामांकनका लागि आवेदन आह्वान गर्नु शिक्षामा खेलबाँड हो । मधेस कृषि विश्वविद्यालय स्थापना भए पनि त्यसको कार्यकारी सदस्यहरूको नियुक्ति भएको छैन ।” प्राज्ञिक सभा गठन नभएसम्म विश्वविद्यालयको गतिविधि नै अगाडि बढन नसक्ने उनको भनाइ छ । प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयको कुलपति मुख्यमन्त्री रहने व्यवस्था ऐनमा छ । शिक्षण संस्थाको मापदण्ड र रित नपुर्‍याएर दिने डिग्रीले विद्यार्थीको भविष्य अन्धकार हुन सक्ने उनको चिन्ता छ । मधेस सरकारले मधेस कृषि विश्वविद्यालय राजविराजमा र मधेस विश्वविद्यालय वीरगञ्जमा खडा गरेको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा स्थापना गरेको छ । तर, तीनै विश्वविद्यालयको भविष्य अनिश्चित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑