मकवानपुर । मंसिर ४ को चुनावमा मकवानपुर जिल्लामा ३ लाख ७ सय ३३ जनाले मतदान गर्ने भएका छन । मकवानपुर जिल्लामा २ प्रतिनिधी सभा क्षेत्र र ४ प्रदेश सभा क्षेत्र निर्वाचनमा ३ लाख ७ सय ३३ जना मतदाताले मतदान गर्ने भएका हुन् । ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेकाे मकवानपुर क्षेत्र नम्बर–१ मा १ लाख ५० हजार १ सय ५५ जना मतदान गर्ने छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । निर्वाचन आयाेगका अनुसार उम्मेदवार मध्ये आदिवासी जनजाति ४३.७५ प्रतिशत र खसआर्य ५६.२५ प्रतिशत रहेकाे छ ।
१ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र मकवानपुर क्षेत्र नम्बर–२ मा १ लाख ५० हजार ५ सय ७८ जनाले मतदान गर्ने छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवारबीचमा प्रतिस्पर्धा रहेको छ । आयाेगका अनुसार उम्मेदवार मध्ये आदिवासी जनजाति ३० प्रतिशत र खसआर्य ७० प्रतिशत रहेकाे छ । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क मा ७७ हजार ९ सय ८९ जनाले मतदान गर्ने छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना तथा महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यमा १ जना रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेश सभा ख ७२ हजार १ सय ६६ जनाले मतदानमा भाग लिने छन् ।
जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना रहेका छन् । क्षेत्र नम्बर–१ को प्रदेशसभा क पुरुष मतदाता तथा प्रदेश ख मा महिला मतदाता बढी रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेश सभा क मा ८३ हजार ९९ जनाले मतदान गर्दैछन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर–२ को ख मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेका छन् ।