वीरगंज । नेपाली कांग्रेसले बाराका ४ जनासहित पाँच जना बागी उम्मेदवारलाई पार्टीको सदस्यता नरहने गरी कारवाही गरेको छ । पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनका प्रस्तावकलाई कारवाही अघि बढाएको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि बाराका महाधिवेशन प्रतिनिधिहरु रविन्द्रप्रसाद यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशिल सदस्य धर्मेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवाप्रसाद यादवसहित महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाहीलाई कारवाही गरेको हो ।