• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रमुख दलको प्रक्षेपण कति ?

  • वीरगंज संजाल
  • २७ कार्तिक २०७९, आईतवार १०:०९
  • १७१३

    वीरगन्ज । गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका प्रमुख राजनीतिक दलहरूले पहिलेभन्दा बढी सिट ल्याउने हिसाबकिताब सुनाउँदै मतदातालाई आकर्षण गर्न खोजिरहेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनको दुई तिहाइ बहुमत पुग्ने दाबी छ ।
    जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग तालमेल गरेको एमालेले आफ्नो एकल बहुमत पुग्ने दाबी गरिरहेको छ । दलहरूको आन्तरिक प्रक्षेपण भने सार्वजनिक रूपमा दाबी गरिएभन्दा कम रहेको छ ।
    सत्ता गठबन्धनले आबद्ध दल सबैको मत साझा उम्मेदवारलाई खसाएर सकेसम्म बढी सिट जित्ने लक्ष्य राखेको छ । एमालेले भने सत्ता गठबन्धनभित्र सबै मत स्थानान्तरण नहुने र त्यसबाट आफूलाई लाभ पुग्ने हिसाब गरेको छ । एमाले ‘मंसिर ४, ओली सरकार’ भन्ने नारा बनाएरै चुनावमा होमिएको छ । स्थानीय चुनावमा ३४ प्रतिशत मत पाएको एमालेले आसन्न चुनावमा ६ प्रतिशत मत बढाउने दाबी गरेको छ । यति बढ्दा बहुमत पुग्ने उसको आकलन छ । ‘हामी बहुमत ल्याउँछौं । त्यसका लागि अपुग ६ प्रतिशत भोट अहिले पुग्छ भन्नेमा विश्वस्त छौं,’ एमाले उपमहासचिव विष्णु रिमालले भने ।
    कांग्रेस नेता एवं विश्लेषक मीनेन्द्र रिजाल सोचेजस्तै मत ट्रान्सफर भयो भने सत्ता गठबन्धनले प्रत्यक्षतर्फ १ सय ३६ सिट ल्याउने बताउँछन् । मत ‘ट्रान्सफर’ प्रभावी हुन सकेन भने गठबन्धन ८८ सिटमा झर्न सक्ने उनले बताए । ‘गठबन्धनको मत एकअर्कामा राम्रो ट्रान्सफर भयो भने कांग्रेसले मात्रै ७१ सिट जित्न सक्ने आधार देखिएको छ । तर ट्रान्सफर हुन सकेन भने ५८ सिटमा पनि झर्न सक्छ,’ उनले भने ।
    सिटौलाले सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको स्थिति नरहेको र मत ट्रान्सफरको व्यवस्थापन चुनौती रहेको बताए । ‘मत ट्रान्सफरको व्यवस्थापनमा गठबन्धनको नेतृत्व गरेको कांग्रेसले ध्यान पुर्‍याउनुपर्ने देखिन्छ,’ उनले भने । गठबन्धनको नेतृत्वमा रहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ सिटभन्दा बढी आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका छन् । मत स्थानान्तरण कम भए पनि ६० सिटबाट नघट्ने उनको दाबी छ ।
    सत्ता गठबन्धन कसिलो बने प्रत्यक्षतर्फ ४० देखि ४५ सिटसम्म जित्न सकिने एमाले नेताहरूको आन्तरिक हिसाबकिताब छ । केही नेताहरूले भने ०७४ मा जितेका ८० सिट यस पटक पनि नघट्ने दाबी गर्छन् । कतिपयले प्रत्यक्षमा सय र समानुपातिकमा ४१ सिट ल्याउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । ‘गठबन्धनभित्र देशव्यापी असन्तुष्टि छ । मतदाताले स्वार्थका लागि बनेको गठबन्धनको पक्षमा मत हाल्दैनन्, हामीले एक सय सिट ल्याउँछौं,’ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने ।
    ‘राष्ट्रवाद’ लाई मुख्य चुनावी मुद्दा बनाएको एमालेले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । गठबन्धनविरुद्ध लड्दा पनि स्थानीय तहमा पाएको सम्मानजनक मत र सिट, सबैभन्दा बढी उम्मेदवारी दिने दल, मधेसमा जसपासँग तालमेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि कमल थापा र परिवार दलका अध्यक्ष एकनाथ ढकालदेखि कांग्रेसका बागीसँगको सहकार्यलाई एमालेले बढी सिट जित्ने प्रमुख आधार बनाएको छ । कांग्रेसका शेखर कोइराला र गगन थापा समूहसँग ‘अघोषित सहकार्य’ पनि अर्को आधार भएको एमाले नेताहरूको दाबी छ ।
    प्रतिनिधिसभाका ४६ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले मत ट्रान्सफरमा प्रभावकारी भए ३५ सिट जित्न सक्ने आन्तरिक आकलन गरेको छ । रोल्पा, रुकुम, गोरखालगायतका परम्परागत सिट सहजै सुरक्षित हुने, अन्यमा कांग्रेस र अन्य दलको मत प्राप्त हुने, संसद् विघटनलगायतका एमाले अध्यक्ष केपी शर्मा ओलीका कदमविरुद्धका मत आफ्नो पार्टीले पाउने जस्ता आधारमा बढी सिट जित्ने हिसाब माओवादीले गरेको हो । कांग्रेसको सबै मत आफ्ना उम्मेदवारले नपाउने हो कि भन्ने भय भने माओवादीमा कायमै देखिन्छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने ४० सिटमा जित निकाल्न सकिने दाबी गर्छन् । ‘गठबन्धन बलियो बन्दै गएको छ । हामीले उम्मेदवारी दिएका अधिकांश क्षेत्रमा राम्रो छ । स्थानीय तहको चुनावमा भोट ट्रान्सफर नहुने हो कि भन्ने थियो तर राम्रो तरिकाले ट्रान्सफर भयो । अहिले झन् त्यो समस्या देखिँदैन,’ उनले भने ।
    एकीकृत समाजवादीका नेताहरूले प्रत्यक्षमा १२ देखि १५ सिट जित्न सकिने आन्तरिक आकलन गरेका छन् । सार्वजनिक रूपमा भने कम्तीमा १७ सिट जित्न सकिने बताउने गरेका छन् । अध्यक्ष माधवकुमार नेपाललगायत केही नेताको सिट आफ्नै शक्तिमा बचाउन सकिने र अन्यमा गठबन्धनबाट ६०–७० प्रतिशत मत आए जितिने एकीकृत समाजवादीको हिसाब छ । उसले एमालेभित्रको अन्तरविरोधको फाइदा आफ्नो पार्टीलाई हुने र ओलीविरोधी मत पनि पाउने अपेक्षा गरेको छ । तर अधिकतर सिटमा गठबन्धन दलकै भर पर्नुपर्ने भएकाले चुनौती पनि उत्तिकै रहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । ‘कांग्रेसबाट शतप्रतिशत भोट ट्रान्सफर भएन भने पनि हामी १७ सिट जित्छौं । एमालेमा ठूलो असन्तुष्टि छ, त्यहाँबाट भोट तान्छौं,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने । एकीकृत समाजवादीले प्रतिनिधिसभाका २१ क्षेत्रमा उम्मेदवार उठाएको छ ।
    माओवादी नेता हरिबोल गजुरेल कांग्रेसमा मात्रै नभएर गठबन्धनका सबै दलमा केही न केही समस्या रहेको तर एमालेले अपेक्षा गरेजस्तो समस्या नभएको बताउँछन् । ‘कुन पार्टीले कस्तो उम्मेदवार दिएको छ, त्यसका आधारमा मत ट्रान्सफर कमबेसी हुन सक्छ,’ उनले भने, ‘यस्तो समस्या सबै पार्टीमा धेरथोर छ तर परिणामलाई प्रभावित पार्ने खालको अवस्था देखिँदैन ।’
    माओवादी र एकीकृत समाजवादीका उम्मेदवारलाई कांग्रेसको धेरै भोट नजाने र ओलीको ‘राष्ट्रवादी’ छविले प्रक्षेपण हासिल गर्न सम्भव हुने एमालेको बुझाइ छ । तर बलियो गठबन्धन, टिकट बाँडफाँटमा पार्टीभित्रै असन्तुष्टि र विद्रोहले प्रक्षेपण हासिल गर्न एमालेका लागि चुनौती देखिन्छ । अर्कातर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूले पनि भोट काट्ने भय एमालेमा छ । ‘अध्यक्षले भन्न त बहुमत हासिल गर्छौं भनिरहनुभएको छ । तर टिकट बाँडफाँट र नेतृत्वको कार्यशैलीलाई लिएर पार्टीमा धेरै असन्तुष्टि छ । त्यो असन्तुष्टि भुसको आगोजस्तो भित्रभित्र फैलिएको छ,’ एमाले स्थायी कमिटीका एक सदस्यले भने, ‘नेतृत्वले पार्टीभित्रको असन्तुष्टि हल गर्न सके प्रतिनिधिसभामा एमालेले सन्तोषजनक सिट जित्न सक्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑