वीरगंज । पर्वतकाे पैंयु गाउँपालिका–३ चिउँरीडाँडामा लु.४ त ९७७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल बारीमा पल्टिँदा चालक २९ वर्षीय महेन्द्र सुनारको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य तीन जनालाई उपचारको लागि स्थानीय मञ्जुश्री मेडिकल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।