वीरगंज । बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका -२ घोगाणा घर भएका ४५ वर्षका विक्रम बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म नआएपछि आफन्तले खोजी गर्दा बिहीबार सोही ठाउँको बमेडिखान भन्ने स्थानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश दत्त अवस्थीले बताए।
शव पोष्टमाटम गरेर दाहसंस्कारका लागि आफन्तले बुझिसकेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।