वीरगन्ज । आज सम्पन्न “उमेदवार र कानुन ब्यवसायी बिच भएको भेटघाट तथा छलफल कार्यक्रम” मा डि ल ए पर्साले क्षेत्र नं. १ का पाच दलिय सत्ता गठबन्धनका साझा उम्मेदवार लक्ष्णलाल कर्णको लागि मत माग्न निर्वाचन प्रचार प्रसार टोली गठन गरेको छ।
टोलीमा डि एल ए पर्साका अध्यक्ष अधिवक्ता हरिकृष्ण अधिकारी,डि ल ए पर्साका निवर्तमान अध्यक्ष अभिवक्ता राजनाथ ठकुर, उच्च बार बिरगंजका अध्यक्ष अधिवक्ता विशाल चौधरी, पर्सा बारका उपाध्यक्ष अधिवक्ता अजय श्रीवास्तव, सचीव अधिवक्ता राकेश मल्लिक, उच्च बार बिरगंजका पुर्व सचीव अधिवक्ता शैलेन्द्र चौरसिया, उच्च बार बिरगंजका निवर्तमान उपाध्यक्ष अधिवक्ता सेराजुल्ल अंसारी पर्सा बारका निवर्तमान कोषाध्यक्ष अधिवक्ता अमय दास थारु लगायत २५ सदस्यीय।
टोली ले पर्सा क्षेत्र नं १ को १९ वटै वडामा पुगी उम्मेदवार लक्ष्मण लाल कर्णको पक्षमा १० दिने चुनाव प्रचार प्रसार कार्यक्रम गर्ने कुरा डि ल ए पर्सा का निवर्तमान अध्यक्ष अभिवक्ता राजनाथ ठाकुर ले जानकारी दिएका छन्।