• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा एमाले परित्याग गर्नेहरुको लर्को

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७९, मंगलवार १८:५०
  • १६३७

    वीरगंज । नेकपा एमालेकी केन्द्रीय सदस्य एंव सर्लाही जिल्लाको सह–इन्चार्ज रीता कुमारीले विहिवार एक विज्ञप्ती जारि गर्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । मधेसमा नेकपा एमाले छोड्नेहरुको लर्को लाग्न थालेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदमा मनोनयन सकिएको भोलीपल्ट देखिनै एमाले पार्टी परित्याग गर्नेहरुले विज्ञप्ती जारि गर्दै पार्टी छोडेको घोषणा गरेका छन । एमालेका अध्यक्ष केपी ओलीले पार्टीको निर्णय विपरित जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सँग अपवित्र साठगाँठगरी चुनावी गठबन्धन गरेकोले पार्टीमा बस्ने कुनै औचित्य नभएको कारण एमाले परित्याग गरेको बताएकी छन । उपेन्द्र यादवले गरेका नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका ओलीले नाकाबन्दीको नाइके यादवसँग तालमेल गरी ओलीको नक्कली राष्ट्रवाद पर्दाफास भएको रीता कुमारीको भनाई छ । जनताको बलिदानबाट प्राप्त संघीयता सहितको गणतन्त्र समाप्त पार्ने उदेश्यले राप्रपासँग साठगाँठगरी राजा फर्काउने अभियानमा योजनावद्ध रुपमा केपी ओली काम गर्दै आइरहेको आरोप रीता कुमारीको छ ।

    यसैगरी बारा जिल्लामा रहेका नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले बिहिवार सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह, देवराज घिमिरे, रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव, सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव, मदन साह, विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । साथै सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी,पुरेन्द्र मोक्त्तान, साद अन्सारी,साउद अन्सारी,सलाउद्दीन अन्सारी,अब्दुल्लाह अजाद, अब्बाद अन्सारी, अम्मार अन्सारी,किसान संघ जिल्ला कमिटी सदस्य जादोलाल गोठ,अनेरास्ववियु जिल्ला कमिटी सदस्य राकेश वैठा,दलित जिल्ला कमिटी सदस्य राम भरोस राम सहित ७६ जनाले विज्ञप्ति नै जारी गरेर सामूहिक राजीनामा दिएका हुन् ।

    एमाले मधेस प्रदेश कमिटी सदस्य श्रीकाजी मोक्तानले निर्वाचनको मुखमा रातारात जनता समाजवादी पार्टीसँगको अप्राकृतिक गठबन्धनको कारण बाध्य भएर पार्टीबाट सामूहिक राजीनामा दिनुपरेको बताए । ‘पार्टी छोड्नु हाम्रो रहर होइन बाध्यता हो, पार्टी नेतृत्वले तल्लो तहको सरसल्लाह विपरीत जुन रातारात जसपासँगको गठबन्धन भयो हाम्रो त्यसमा घोर विरोध हो,’ मोक्तानले भने, ‘हिजो मधेस आन्दोलन गतिविधिमा संलग्न पार्टी, ५ वर्ष मधेस प्रदेश सरकार भ्रष्ट भयो भनेर हामीले जुन दलको विरोध ग¥यौँ, आज तिनै दलसँग नैतिकताका आधारमा सँगै बस्न हामी सक्दैनौ त्यसैले नैतिक रूपमा पार्टीबाट सामूहिक राजीनामा दिएका हौँ ।’ राजीनामा दिनेहरू मध्ये अधिकांश बारा निर्वाचन क्षेत्र नं ३ र ४ का पार्टी सक्रिय नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरूले पार्टीबाट राजीनामा दिनुको १० वटा कारणहरू विज्ञप्तिमा उल्लेख गरेका छन् । जसमध्ये बारा–३ नं क्षेत्रमा पार्टीभित्र योग्य, इमानदार नेतृत्व गर्न इच्छुक नेता कार्यकर्ता हुदाँहुदै कार्यकर्ताको भावना विपरीत जनतामाझ अलोकप्रिय व्यक्तिलाई टिकट दिनु गलत र लज्जास्पद कार्य भएको उल्लेख छ । केही दिन अघिमात्र पर्साबाट केन्द्रीय सल्लाहकार परिषद सदस्य सहित ५ सय जना कार्यकर्ताले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑